• २०८२ भदौ २० शुक्रबार
  • Friday, 5 September, 2025

७५३ पालिकामै स्थानीय युवा परिषद गठन गर्न युवा परिषदले अनुरोध गर्ने

काठमाडौं । नेपाल सरकर अन्तर्गत राष्ट्रिय युवा परिषदको अठारौं वोर्ड वैठक सवै प्रदेशमा प्रदेश युवा परिषद र  सवै पालिकामा स्थानीय युवा परिषद गठन गर्न अनुरोध र समन्वय गर्ने निर्णय गर्दै  सम्पन्न भएको छ। 

यसका लागि परिषदले सम्वन्धित् प्रदेश सरकार , नेपाल नगरपालिका संघ , गाउंपालिका राष्ट्रिय महासंघ, नेपालसंग अनुरोध र समन्वय गर्ने निर्णय गरेको छ। परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले 'जहांजहां कार्यकारी सरकार , त्यहांत्यहां युवा परिषद" भन्ने मान्यता अनुरुप युवाको सर्वाङ्गीण विकासका लागि सो पहलकदमी गर्न खोजिएको वताए।

वुधवार परिषदका अध्यक्ष समेत रहने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा परिषद कार्यालय सानोठिमीमा वसेको वैठकले सो निर्णय गरेको हो। वैठकले आ.व.२०८१/०८२ को वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा गर्दै चालु आ.व.८२/०८३ को कार्यक्रम कार्यान्वयन पुस्तिका समेत स्विकृत  गरेको छ। 

अहिलेसम्म सातप्रदेश मध्ये वागमति , सुदुरपश्चिम् र लुम्विनी प्रदेशमा प्रदेश युवा परिषद गठन भइसकेको र अन्य प्रदेशमा प्रदेश युवा नीति निर्माण गर्ने तयारी भइरहेको बस्नेतले जानकारी दिए। त्यस्तै अहिलेसम्म ३१ वटा स्थानीय तहमा कानुन निर्माण भइ स्थानीय युवा परिषद गठन भएको उनले वताए।

परिषद वैठकमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल , शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्ववावु पुडासैनी, गाउंपालिका राष्ट्रिय महासंघ, नेपालका महासचिव खिमवहादुर थापा सहित परिषद सदस्यहरुको सहभागिता रहेको परिषदकका सदस्य सचिव गेहनाथ गौतमले जनाए। उनले मन्त्रिपरिषदवाट स्विकृत् नयां राष्ट्रिय युवा नीति -२०८२ चांडै एक समारोहका विच सार्वजनिक गर्ने समेत जनाए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर