• २०८२ भदौ २० शुक्रबार
  • Friday, 5 September, 2025

बालेन शाहविरुद्धको मुद्दाकाे सुनुवाइ हुँदै

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्धको अवहेलना मुद्दा सुनुवाइ हुँदै छ । यो दोस्रो सुनुवाइ हो । आजको सुनुवाइपछि फैसला हुनसक्ने छ । १ भदौ २०७९ मा शाह विरुद्ध मुद्दा दायर भएको थियो ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर