• २०८२ भदौ १९ बिहीबार
  • Thursday, 4 September, 2025

अन्तर्कलहबारे महासचिव पाेखरेलः पार्टीले किन बोल्या भन्या छ र ?

काठमाडौँ । शुक्रबारदेखि सुरु हुने एमालेको विधान महाधिवेशनमा फरक मत राख्न पाइने भएको छ ।

पार्टीका महासचिव शंकर पोखरलले महाधिवेशनमा विधान मस्यौदा, राजनीतकि र सांगठनिक प्रतिवेदनका साथै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे फरक मत राख्न पाइने बतााएका छन् ।

पोखरेलले कान्तिपुरलाई दिएको विस्तृत अन्तर्वार्तामा महाधिवेशनमा प्रस्तुत भएका मतमा छलफल गरी निर्णयमा पुग्ने बताए ।

‘उहाँहरु (विद्या पक्ष)ले त अब विधिलाई मान्नु पर्दछ नि ? उहाँहरुले विधान अधिवेशनमा गएर हामी छलफल गर्छौं भन्नु भएको छ । छलफलपछि एउटा निर्णयमा पुग्छ । त्यसपछि त फेरि बहस गर्ने कुरा त हुँदैन नि,’ उनले भने, ‘उहाँहरु बोल्न हतारिएको मात्रै हो । हाम्रो विधानमा फरक मत राख्नेहरुले चाहे भने सम्बन्धित अधिवेशनमा राख्न पाउँदछन् । पार्टी नियमावलीमा त्यही कुरा उल्लेख छ ।’

विद्या पक्षका नेताहरुले फरक मत सार्वजनिक भएको उल्लेख गर्दै पार्टीले बोल्न रोक नलगाएको बताएका छन् । 

‘उहाँहरु बोल्दै हिँड्नु भएको छ । पार्टीले किन बोल्या भन्या छ र ? छैन । तर फरक मत कहाँ राख्ने भन्ने कुरा त निर्णय गर्ने फोरम राख्ने होला नि । निर्णय गर्ने फोरम आएकै छैन,’ उनले थपे, ‘फरक मत राख्न पाएनौं भन्नु हतारो हो । हामीले पाएनौं भन्ने हो भने विधि टेकेर भन्नुपर्‍यो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर