• २०८२ भदौ १९ बिहीबार
  • Thursday, 4 September, 2025

माओवादी सांसदलाई बाेल्दाबाेल्दै राेके, सभामुखले विषयमाथि प्रश्न उठाउन मिल्छ ?

काठमाडाैं । संसद बैठककाे प्रकृया अघि बढाउने जिम्मेवारी सभामुखकाे हाे । तर कुन सांसदले के बाेल्छ भनेर विषयमा ध्यान दिने र मन लागेका बेला राेक्ने अधिकार सभामुखलाइ हुँदैन ।

राेक्नै पर्ने विषय भएपनि अन्य काेही सांसदले नै नियमापत्ति गरेकाे हुनुपर्दछ । 

तर नेकपा एमालेका तर्फबाट केपी अेालीले बनाएका सभामुख देवराज घिमिरेले माओवादी सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोके। याे उनकाे पहिलाे राेकाइ भने हैन ।

सांसद लामाले आकस्मिक समयमा फरक विषय बोलेको भन्दै सभामुखले रोकेका हुन्।
सभामुखले पहिले विषय सम्झाउँदा पनि लामाले नमानेपछि रोकेका थिए।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन् । 

सांसद लामाले आकस्मिक समयमा बोल्दा सभामुखलाई टिपाएको विषय भन्दा फरक विषय बोलेको भन्दै रोकेका हुन् । लामा बोल्दै गर्दा पहिला सभामुख घिमिरेले विषय सम्झाएका थिए । उनले सांसद लामालाई बोल्दै गर्दा निर्देश गर्दै भनेका थिए,  ‘माननीयज्यू जे विषय माग गर्नुभएको छ, त्यही विषयमा जान निर्देश गर्दछु ।’

उनको निर्देशनपछि सांसद लामाले आफ्नो विषय आउनै लागेको बताए पनि विषय प्रवेश नगरेपछि सभामुखले रोकेका हुन् । ‘तपाईंले मलाई दिएको विषय र तपाई बोलेको विषय मिलेन, त्यसैले तपाईं बस्नुस्,’ सभामुख घिमिरेले सांसद लामालाई भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर