अनेमसंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन शुरू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् ।
बुधबार काठमाडौँको प्रज्ञा भवन, कमलादीमा आयोजित भव्य समारोहका बीच प्रचण्डले सम्मेलनको औपचारिक उद्घाटन गरे।
अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष गंगा बेल्बासेका अनुसार सम्मेलनको उद्घाटन समारोह प्रज्ञा भवनमा सम्पन्न भएको छ ।
बन्दसत्र भोलि र पर्सी सुकेधारास्थित एक पार्टी प्यालेसमा हुनेछ। सम्मेलनले १७ सदस्यीय पदाधिकारीसहित २१५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ।
सम्मेलनमा माओवादी केन्द्रका नेताहरू, कार्यकर्ता, र महिला अधिकारका क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको छ। यो सम्मेलनले महिला सशक्तीकरण र समानताका लागि नयाँ नेतृत्व र रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस