• २०८२ भदौ २२ आइतबार
  • Sunday, 7 September, 2025

ओलीलाई एमाले काठमाडौं अध्यक्षको चेतावनी: विद्यालाई राेके मिसन ८४ अलपत्र

काठमाडौं : नेकपा (एमाले) का काठमाडौं जिल्ला दीपक निरौलाले पूर्वराष्ट्रपति तथा एमालेका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी बाहिर राखिए मिसन ८४ सपना मात्रै हुने बताएका छन् । भण्डारीको सदस्यता नवीकरण नगर्ने कुराले पार्टी विभाजन नहुने तर मिसन ८४ सपना मात्रै हुने जिकिर गरेका छन् ।

भोलिबाट सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनअघि सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीसहित १९ नेतालाई म्यासेज पठाउँदै निरौलाले यस्तो प्रस्ताव राखेका हुन् । म्यासेजमा उनले लेखेका छन्, ‘भण्डारीको सदस्यता नवीकरण नगर्ने कुराले पार्टी विभाजन हुन्छ भन्ने हैन र हुँदैन, तर मिसन ८४ सपना मात्र हुन्छ । अन्यथा नलागोस्, प्रकृति सुल्टो गतिमा हिँडे तपाईँ पछिको पुस्तामा खुसी आउने छैन।’

उनले २०६४ सालमा पार्टी जीवनको प्रजातान्त्रीकरण सम्बन्धी प्रस्ताव केपी ओलीको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव अध्ययन गर्न आग्रह गरेका छन्।

अध्यक्ष निरौलाले विद्यालाई रोक्ने निर्णयमा असहमति जनाउँदै नेतृत्वसामु ५ प्रश्न उठाएका छन्:


१) गणतन्त्रको लागि विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने भनिरहँदा सोच्नुस् राजा फर्काउने आन्दोलनका नायक भनिने पात्रहरू एमालेको राजनैतिक नियुक्तिहरूमा थिए कि थिएनन् ?


२) समानुपातिक कोटामा एकनाथ एमालेबाट संसद्मा प्रतिनिधित्व गरे के उनी एमाले हुन् ? कति मत आयो एमालेलाई ?

३) मकवानपुरमा कमल थापा सूर्य चिन्हका प्रतिनिधि थिए हिजो र आज को भूमिका हेरौँ । गणतन्त्र केले सबल गराएको छ ?

४) राजेन्द्र लिङदेन हामीले जिताएका अध्यक्ष भनिरहनु भएको छ, अब भन्नुस् र सोच्नुस् कुन आन्दोलनलाई बलियो बनायो ?

५) काठमाडौंमा दुई क्षेत्रमा राप्रपासँग सहकार्य गर्ने प्रस्ताव मैले गरेँ, तर अनुमति भएन । आज काठमाडौंलाई आलोचन गरेर तपाईँहरू उम्कन सक्नु हुन्छ ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर