आजको मौसमः कोशी र कर्णालीमा भारी वर्ष हुने

काठमाडौं । आज दिउँसो र राति देशका विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) र बाँकी स्थानमा आंशिक बदली आकाशमा (पातलो बादल) रहनेछ। देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र कर्णाली प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले हाल भारतको सिक्किम आसपास पानी पार्ने प्रणाली बनेको बताएको छ। त्यसको प्रभाव नेपालको पूर्वी भूभागमा पनि पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।
यद्यपि मनसुनको न्यूनचापीय (पानी पार्ने प्रणाली) रेखा पूर्वमा सरदर स्थानमै छ। पश्चिमतर्फ भने सरदरभन्दा दक्षिणतिर अवस्थित छ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशलगायत बागमती प्रदेश र गणडकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
प्रतिकृया दिनुहोस