• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

आफ्नो अन्तिम छनोट खेलमा मेसीले गरे २ गोल

काठमाडौं। कप्तान लिओनल मेसीले आफ्नो अन्तिम विश्वकप छनोट खेलमा २ गोल गरेका छन् ।  

३८ वर्षीय मेसीले बिहीबार गएराति ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध २ गोल गरे भने ३–० गोलको जित हात पार्दा अर्को गोल लौटारो मार्टिनेजले गरे । 

खेलको ३९औं र ८०औं मिनेटमा दुई गोल गरे । ७६औं मिनेटमा मार्टिनेजले गोल गरे । 

यो जितसँगै ३८ अंकसहित शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ।  

गएरातिकै अर्को खेलमा ब्राजिलले चीलिलाई १–० गोलले पराजित गरेको छ । उसले पनि ३८ अंकसहित विश्वकप यात्रा सुनिश्चित गरिसकेका छ। उरुग्वे, इक्वेडर, कोलम्बीया र पाराग्वेले पनि विश्वकपको यात्रा तय गरिसकेका छन् । 

गएराति अर्जेन्टिनाको खेल भने विशेष थयिो । उनले यस खेल हेर्न उनका पत्नी, सन्तान, आमा–बुबा र दाजुभाइरदिदीबहिनी सबै उपस्थित थिए ।

‘यो मेरो लागि निकै विशेष हुनेछ, किनभने यो मेरो अन्तिम छनोट खेल हो। यसपछि मैत्रीपूर्ण वा अन्य खेल हुने हो कि होइन, थाहा छैन,’ आठ पटक बालोन डि’ओर जितेका मेसीले गत सात भनेका थिए।

अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले बुधबार पत्रकारसँग भने,‘यदि साँच्चिकै यो अन्तिम छनोट खेल हो भने यसलाई भावुक, विशेष र सुन्दर रूपमा लिनुपर्छ। हामीलाई यो क्षणको आनन्द लिनै पर्छ।’

यस छनोटमा धेरै ऐतिहासिक क्षणहरू पनि बने। नोभेम्बर २०२३ मा कोलम्बियाले पहिलो पटक ब्राजिललाई पराजित गर्दै २–१ को जित हात पारेको थियो। सेप्टेम्बर २०२४ मा पेराग्वेसँग ०–० को बराबरी खेल्दा उरुग्वेका कप्तान लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट विदाइ लिएका थिए।

बिहीबारका खेलहरूमा पेराग्वे–इक्वेडर, अर्जेन्टिना–भेनेजुएला, उरुग्वे–पेरु, कोलम्बिया–बोलिभिया र ब्राजिल–चिली भिड्नेछन्। यदि बाँकी सबै स्पष्ट भइसकेन भने अन्तिम खेल अर्थात् सेप्टेम्बर ९ मा स्वचालित विश्वकप स्थानका लागि अन्तिम टुंगो लाग्नेछ। 

आउँदो वर्ष जून–जुलाईमा क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले विश्वकपको आयोजन गर्नेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर