• २०८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025

ओलीले देश जलेपछि राजीनामा दिए

काठमाडौँ । निहत्था १९ युवाहरूकाे ज्यान गएकाे भाेलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

ओलीले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । ओलीले मंगलबार साँझ सर्वदलीय बैठकसमेत बोलाएका छन् ।

ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली २०४८ सालबाटै सांसद् बनेका ओली त्यसयता कुनै न कुनै रूपमा सत्तामा रहँदै आएका थिए । उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

२०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । पछिल्लो पटक कांग्रेससँग मिलेर उनले सरकारको नेतृत्व गरे पनि जनअपेक्षाअनुसार काम गर्न नसकेपछि उनीप्रति व्यापक असन्तुष्टि सडकमा पोखिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर