राष्ट्रपतिले जेनजीलाई वार्तामा बोलाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन आव्हान गरेका छन् ।
उनले भने, 'मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न म आग्रह गर्दछु । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृति भईसकेकाले अहिलेको बिषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु। लोकतन्त्रमा नागरिकले उठाएको मागहरु जन्जीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु ।'
प्रतिकृया दिनुहोस