• २०८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025

हितेन्द्र गरे कुलमानको पदभार ग्रहण बहिष्कार !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनका कारण नागरिकहरूबीच उज्यालोको बिम्ब बनाएका कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाए । 

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

ओली सरकारले घिसिङलाई ११ चैत २०८१ मा प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सर्वोच्च अदालत गए पनि उनले पुन : स्थापनाको आदेश पाएन । त्यसपछि ओली सरकारले हितेन्द्र शाक्य विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनायो ।

आज उनै कुलमानकाे पदभार ग्रहण कार्यक्रममा हितेन्द्र शाक्य आए की आएनन् ? भनेर धेरैले चासोका साथ हेरे । तर उनी देखिएनन् । 

शाक्य हाल देशबाहिर रहेकाले कार्यक्रममा उपस्थित नभएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

मन्त्री कुलमानले भने पहिलाे निर्णय नै उनै हितेन्द्रदेवले गर्नुपर्नेगरी डेडिकेटेड र ट्रकंलाइनकाे बक्याैता उठाउने भनेर गरे । कुलमानले कुनै पनि कर्मचारीलाइ काखा र पाखा नगर्ने तर काम ठग र भ्रष्टचारीलाइ तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर