• २०८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025

संविधान दिवसकाे तयारी गर्न मातहतलाई प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवस मनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

असाेज ३ गतेकाे संविधान दिवसकाे तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् । 

प्रचण्डकाे निर्देशन अनुसार प्रदेश इन्चार्जहरुले जिल्ला इन्चार्जहरुलाई निर्देशन दिएकाे एक जिल्ला इन्चार्जले जानकारी दिए।

जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसाथ गदै माओवादीले चुनावी तयारी पनि थालेकाे छ । बदलिँदो परिस्थितिलाई आत्मसाथ गरी संगठन सुदृढीकरण गर्दै कांग्रेस एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन चुनाव नै विकल्प रहेको माओवादीको भनाइ छ । 

अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने माओवादीकाे तयारी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर