जेनजी सरकारः एसपीपछि ९० डीएसपीको एकै पटक सरुवा

काठमाडौं । एकसाथ ४८ जना एसपी सरुवा गरेकाे अन्तरिम चुनावी सरकारले फेरि ९० डीएसपीकाे एकैपटक सरूवा गरेकाे छ ।
नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको गृहमन्त्रालयले जनाएकाे छ ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलन लगतै एसपी र डीएसपीहरूको व्यापक सरुवा गरेका हुन्।
सरुवा हुनेहरूमा काठमाडौँ उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन्। केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन्।
प्रतिकृया दिनुहोस