नारायणकाजीले भनेः महाधिवेशन चुनावपछि गरौं, प्रचण्डले राखे चुनावअघिकै प्रस्ताव !

काठमाडौं । भाद्र २३ र २४ गते देशभर भएको जेनजी विद्रोह र त्यसले पारेको प्रभाव नेपाली राजनीतिक बृत्तमा पर्न थालेको छ । पुरानो कांग्रेस–एमाले नेतृत्वको सरकार ढल्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा जेनजीको चाहाना अनुसारको सरकार बन्यो । त्यसले ६ महिना भित्रमा प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्ने म्याण्डेड पाएको छ ।
जेनजी आन्दोलनका मुख्य दुई सन्देशहरु थिए । भ्रष्टाचारको न्यूनकिरण र नेतृत्वमा युवाहरुको उपस्थिति । तत्कालका लागि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने पनि थपिएको थियो ।
भ्रष्टाचार न्यूनिकरणका लागि सरकारले आवस्यक आधार बनाउँदै जाला । अब हुने प्रतिनिधि सभा चुनावपछिको सरकारलाई नयाँ म्याण्डेड पनि पाउला । तर अहिले नै स्थापित पुराना राजनीतिक दलहरु भित्रको नेतृत्व परिवर्त र त्यहाँ भित्र पनि युवाहरुको हस्तक्षेपको कुरा प्रखर बनेर आएको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा गगन थापा–विश्वप्रकाश शर्माले विषेश महाधिवेशनका लागि हस्ताक्षर अभियान नै अघि बढाएका छन् । सभापति शेरबहादुर देउवा अहिलेपनि जेनजी आन्दोलनमा भएको आक्रमणको उपचार नै गराइरहेका छन् । उनी फिर्ती र सार्वजनि अभिव्यक्ति पछि कांग्रेसमा युवाको नेतृत्व भन्ने कुरा कसरी अघि बढ्छ हेर्नुपर्ने हुन्छ ।
संसदको दोस्रो ठूलो दल हो नेकपा एमाले । एमालेकै अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले जेनजी आन्दोलनमा निर्मम दमन गर्दा ७४ जनाले ज्यान गुमाउने अवस्था बन्यो । जेनजी आन्दोलनको मुख्य तारो पनि उनै ओली र एमाले बनेको देखियो ।
तर अहिले एमालेमा नेतृत्व परिवर्तन र युवाहरुको हस्तक्षेपको कुरा सुनसान प्रायः छ । केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले सार्वजनिक रुपमा नै ओलीको साधारण सदस्य समेत खोस्नुपर्ने बताएकी छन् । अन्य केही नेताहरुले एमाले परित्याग पनि गरे । तर संस्थागत रुपमा भएका युवा नेताहरुले ओलीका विषयमा बोल्न सकेका छैनन् । बरु अध्यक्ष ओलीले नै आफू पुरानै फर्ममा फर्कने तयारी गरिरहेको सन्देश दिइरहेका छन् । उनले भेटघाट र छलफल अघि बढाइसकेका छन् ।
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने जेनजी आन्दोलन र यसको सन्देशलाई केहीहदसम्म आत्मसाथ गर्न खोलेको देखिन्छ । पार्टीका पुराना सबै संगठनहरु विघटन गर्ने र विषेश महाधिवेशन गर्ने घोषणा गर्नुलाई सकारात्मक रुपमा व्याख्या गर्नुपर्ने हुन्छ । भलै भोलि कस्तो नेतृत्व आउँछ भन्ने कुरा प्रतिक्षाको विषय हो ।
विषेश महाधिवेशनमा जानका लागि भने माओवादीले जेनजी आन्दोलन लगत्तै तयारी गरेको थियो । पादाधिकारी बैठक बसेर यसलाई औपचारिकता दिइयो । केन्द्रीय समिति बैठक तय भइसकेको छ । जसले यस निर्णयलाई अनुमोदन र थप अघि बढाउने छ ।
विषेश महाधिवेशनमा जानका लागि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फागुनको चुनावपछि गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखेका थिए । एक पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डसँग उपाध्यक्ष श्रेष्ठ जेनजीको आन्दोलनको सन्देशसहित त्यसलाई कार्यान्वयन गराउने रोडम्याप लिएर अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए । उपाध्यक्ष श्रेष्ठले तत्कालका लागि अध्यक्ष प्रचण्डले नेतृत्व छोड्ने र कार्यवाहक आफूलाई तोकेर चुनावमा जाने प्रस्ताव गरेका थिए ।
श्रेष्ठको प्रस्तावमा प्रचण्डले तुरुन्तै हुन्छ वा हुँदैनको जवाफ दिएनन् । तर सल्लाहा गरेर विधि र प्रकृया अनुसार नयाँ नेतृत्व चयन गरौं भनेका थिए ।
शनिबार बेलुका भएको उक्त कुराकानीले आईतबार विहान अर्को बैठकको निम्तो दियो । स्रोतका अनुसार आईतबार नै अध्यक्ष प्रचण्डले पदाधिकारीको बैठक गर्नु अघि उपाध्यक्ष श्रेष्ठसँग बिहानै अर्को छलफल गरे । छलफलमा अध्यक्ष प्रचण्डले काउण्टर प्रस्ताव राखे । विषेश महाधिवेशन चुनाव पछि होईन चुनाव अघि नै गर्ने । स्वभाविक रुपमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र तत्कालका लागि अध्यक्षकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने र कमिटिरु भंग गर्ने ।
झन अघि महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डबाट आएपछि श्रेष्ठले पनि स्वीकार गरेको श्रोतले बतायो ।
उपमहासचिव हरिबोल गजुरेलले पनि यस विषयमा सार्वजनिक रुमपा अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘उहाँले आफूलाई कार्यवाहक अध्यक्ष दिन भन्नुभएको थियो तर परिस्थिति त्यस्तो थिएन ।’
उपमहासचिव गजुरेलका अनुसार जेन–जी विद्रोहको परिस्थितिको विश्लेषण गर्दै श्रेष्ठले बैठकमा त्यस्तो प्रस्ताव गरे पनि अध्यक्ष प्रचण्डले पार्टी विशेष महाधिवेशनमा गइसकेको बताएका थिए।
हामी विशेष महाधिवेशन गर्दैछौं। दुई महिनाका लागि किन कार्यवाहक दिने ? विशेष महाधिवेशन गरौं। नेतृत्वबारे विशेष महाधिवेशनले नै फैसला गर्नेछ भनेर अध्यक्षले भनेको गजुरेलले बताए ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते बस्दैछ।
माओवादीमा उपमहासचिव जनार्दन शर्माले पनि श्रेष्ठको नेतृत्वमा महाधिवेशनमा जान माग गरेका थिए भने उपाध्यक्ष श्रेष्ठको प्रस्तावमा गिरिराजमणि पोखरेलले समर्थन जनाएका थिए । तर अन्य सदस्यले पदाधिकारी बैठकमा साथ नदिएको श्रोतको दावी छ ।
अझ महासचिव देव गुरुङ, मातृका यादव लगायतका नेताहरुले प्रचण्डले अध्यक्ष छोड्न नहुने र निरन्तर नेतृत्व गरिरहनुपर्ने तर्क गरेका थिए ।
यस विषयलाई अध्यक्ष प्रचण्डले भने सार्वजनिक रुपमा नै आत्मसाथ गर्दै माओवादीका एजेण्डा नै वास्तवमा जेनजी पुस्तावले उठाएको र त्यसमा माओवादीको समर्थन रहेको बताएका थिए । उनले नेतृत्व परिवर्तनका हकमा आफूले विगतदेखिनै तयारी गरिरहेको र उपयुक्त समय र पात्रसहित प्रकृया पूरा गरेर नेतृत्व सुम्पने बताएका छन् ।
अध्यक्ष प्रचण्ड निकटका केही नेताहरुले भने विषेश महाधिवेशनबाटै नयाँ नेतृत्व आउनसक्ने अनुमानसमेत गरेका छन् ।
प्रतिकृया दिनुहोस