महाधिवेशनबाट माओवादीमा नयाँ नेता, विचार र संगठन जन्मन्छ-प्रचण्ड

- बाँचुन्जेल अध्यक्ष हुन खाेजेकाे छैन, तर राजनीतिबाट भने भाग्दिन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनबाट माओवादीमा नयाँ नेतृत्व, विचार र संगठन जन्मने बताएका छन्।
काठमाडौंकाे कमलादीमा २ दिन चलेकाे केन्द्रीय समिति बैठक समापन मन्तव्यका क्रममा उनले अहिलेकाे परिस्थितिमा नेतृत्व छाेडेर हिड्नु गलत हुने उनले बताए।
` देश क्रान्ति र प्रतिक्रान्तिकाे दाेसाधमा छ, हाम्राे अहिलेकाे अवस्थामा याे पार्टीले आफ्नाे ऐतिहासिक भूमिका निभाउन सक्दैन भन्ने लागेर याे बैठक र महाधिवेशनकाे कुरा गरेकाे हाे । निश्चित विधिसम्मत रुपमा नेतृत्व महाधिवेशन गर्ने र हस्तान्तरण नगरिकन अहिलेकाे समस्याकाे हल हुदैन भन्ने लागेकाे छ। जुनसुकै काेणबाट प्रश्न उठाएपनि हामीले समाजवादी क्रान्तिका लागि तयार हुनुपर्दछ´ उनले भने।
प्रतिकृया दिनुहोस