ओलीसँग 'रुष्ट' थिए प्रधान सेनापति सिग्देल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही दिन अघि एउटा सार्वजनिक अभिव्यक्ति दिए । उनले एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री ‘केपी ओली कुनै विशेष नागरिक नभएकाे, उनी अपदस्त प्रधानमन्त्री भएकाे, यो देशको अन्य नागरिक सरहकाे नागरिक भएकाे बताएका थिए ।
अर्यालले उनको पनि सुरक्षा व्यवस्था यो सरकारले गर्ने बताएका थिए । संगसंगै अर्यालले अेालीबारे थप टिप्पणी गर्दै ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई पनि बाबु भन्ने र सबैले उनलाई बा भन्दियोस भन्ने अपेक्षा राख्ने गरेकाे तर त्यसाे हुन नसक्ने’ बताएका थिए ।
ओलीले भक्तपुर गुण्डुकाे एक कार्यक्रममा गृहमन्त्री अर्याललाइ पनि बाबु भन्दै नचिन्ने टिप्पणी गरेका थिए ।
ओलीकाे जवाफमा अर्यालले सार्वजनिक रुपमा भनेको त्यो अभिव्यक्ति चर्चामा रह्याे ।
समाचार दैनिकलाई प्राप्त एक महत्वपूर्ण सूचना अनुसार एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीले नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देललाई पनि 'बाबु' भनेर सम्बोधन गरेका थिए । त्याे प्रशंग जेनजी विद्राेह अघिकाे थियाे । त्यसपछि प्रधानमन्त्री र प्रधान सेनापतिको छलफल जेनजी आन्दोलन अघि भएन ।
जेनजी आन्दोलनको केही समय अघि देशमा विकास भएको सुरक्षा अवस्थाबारे देशको कार्यकारी प्रमुखका हिसावले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न सिग्देल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
नेपाली सेना र उसका गुप्तचरहरुले संकलन गरेको सूचना र त्यसले निम्त्याउने अवस्थाबारे जानकारी गराउन सिग्देल बालुवाटार पुगेका थिए ।
उच्च स्रोतले दिएको जानकारी अनुसार सिग्देलले प्रधानमन्त्री ओलीसँग सजिलै भेट नै पाएनन् । जब देशको सेना प्रमुखलाई प्रधानमन्त्रीले भेटका लागि २ घण्टा भन्दा लामो समय कुराए, त्यहीबाट सिग्देल ओलीसँग रुष्ट बनिसकेका थिए ।
कुराएपछि पनि ओलीको प्रस्तुती अनौठो थियो ।
सिग्देलले ब्रिफिङका लागि आएको धेरै समय कुर्नुपर्यो भन्ने प्रकारको कुरा गरेपछि ओलीले 'विष्णु रिमाललाई ब्रिफिङ दिएर गएको भएपनि हुन्थ्यो बाबु' भन्ने खालको प्रतिक्रिया दिएपछि प्रधान सेनापति छक्क पर्दै फर्किएको स्रोतको दावी छ । त्यस क्रममा प्रधानमन्त्री ओली र प्रधान सेनापति सिग्देलबीच घुमाउरो तरिकाले घोचपेच नै चलेको थियो ।
ओलीले २ घण्टा कुराउने, बाबु भनेर सम्बोधन गर्ने तथा रिमाललाई नै ब्रिफिङ गरेपनि हुने प्रतिक्रिया दिएपछि सिग्देलले नेपाली सेनाले राष्ट्रपति, प्रधानमन्त्री, र रक्षामन्त्रीबाहेक अरुलाई ब्रिफिङ गर्ने प्रचलन नरहेको बताएका थिए । सिग्देलको यस्तो कुराले ओलीसमेत केही तात्तिएिको स्रोतको दावी छ ।
देशको सम्भावित संवेदनशील अवस्थाबारे कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई जानकारी गराउन जाँदा भोग्नुपरेको यस्तो अवस्थापछि प्रधान सेनापति सिग्देल ओलीसँग रुष्ट बनेका थिए । त्यसपछि उनले अब यसरी आफैं प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न नआउने, प्रधानमन्त्रीले आवश्यकता ठानेका बखत बोलाएमा जुनसुकैबेला हाजिर हुन तयार हुने भन्दै सिग्देल बालुवाटारबाट जंगिअड्डातर्फ लागेको स्रोतको दावी छ ।
त्यसको केही समय पछि जेनजी विद्रोह भएको र त्यसबेला ओलीसहित नेताहरुको सुरक्षा र देशको व्यवस्था जोगाउने र अवस्था सम्हाल्ने भूमिकामा नेपाली सेना पुगेको थियो । उनै सिग्देल अन्ततः प्रधानमन्त्री ओलीको राजीनामा माग्ने अवस्थामा पुगेको कतिपय मिडियाले समाचार सार्वजनिक गरेका थिए ।
भाद्र २४ काे विध्वंसमा सेनाले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत लगायतका संरचना जोगाउन भूमिका नखेलेको आरोप लगाईएको थियो ।
तर सेनाले त्यसको खण्डन गर्दै ठूलो संख्यामा नागरिकको ज्यान जानबाट जोगाएको, नेताहरुको सुरक्षा गरेको र देश अप्ठ्यारोमा परेका बेला सहज बनाउन समन्वयको भूमिका खेलेको बताएको थियो ।










प्रतिकृया दिनुहोस