• २०८३ भदौ २ मंगलबार
  • Tuesday, 18 August, 2026

बाग्मती र लुम्बिनीमा राप्रपाको तटस्ठ

काठमाडौं । दुई प्रदेश सरकार पुनर्गठनमा आज हुने मतदानमा राप्रपा तटस्थ बस्ने भएको छ ।

बागमती र लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा राप्रपाले भाग नलिने भएको हो ।

यस सम्बन्धमा प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ ।

प्रदेशहरुमा सरकार निर्माण सम्बन्धि विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित संसदीय दलको नेतालाई प्रेषित गरिएको छ ।

राप्रपाका बाग्मतीमा १२ जना र लुम्बिनीमा ४ जना सांसद छन् । राप्रपाले समर्थन नगर्दा बाग्मतीमा इन्द्र बानियाको सरकार ढल्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर