• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित 

काठमाडौं । लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।  

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो । बर्षाका कारण काठमाडौंको अधिकांश खोलामा जलस्तर बढेको छ भने करिडोर सडकमा बिशेष सतर्कता अपनाइएको छ ।

त्यस्तै देशका अधिकांश नदिहरुमा समेत जलस्तर बढेको छ भने पहिरोका कारण देशका बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

शनिबार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर पश्चिमतिर सर्ने देखिएको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यसैगरि आइतबार बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने तर बागमतीदेखि पश्चिममा वर्षा जारी रहने सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर