• २०८३ कार्तिक १२ बिहीबार
  • Thursday, 29 October, 2026

वर्षाका कारण विराटनगर र कर्णालीबीचकाे खेल बिथाेथियाे

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छिटपुट वर्षा भएको छ।

वर्षा सुरु भएलगत्तै मैदानका कर्मचारीहरूले सम्भावित क्षति रोक्न मुख्य पिच र आउटफिल्डलाई कभरले ढाकेका छन्।

अहिले रंगशालामा खेल हेर्न पुगेका दर्शकहरू वर्षा रोकिने प्रतीक्षामा छन्। मौसममा सुधार आएर कभर हटाइएपछि अम्पायरहरूले मैदानको अवस्था निरीक्षण गर्नेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर