• २०८३ कार्तिक १४ शनिबार
  • Saturday, 31 October, 2026

प्रधानमन्त्री भन्छन्ः पत्रकार पक्राउबारे थाहा छैन, देश चलाउँछ कसले?

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकार पक्राउबारे अनविज्ञता प्रकट गर्दै प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्। 

प्रधानमन्त्री शाहले पत्रकारमाथि कुनै पनि धरपकड नगर्न र नियन्त्रणमा रहेकाहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ।

पत्रकार पक्राउ परेको घटनाप्रति सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको पनि स्पष्ट पारेको छ। 

सरकारका संचारमन्त्री विक्रम तिमिल्सिनाले पनि पत्रकार पक्राउ सरकारकाे नीति नभएकाे बताएका छन् । 
सरकारकाे नेतृत्व गरिरहेकाे दल रास्वपाका प्रवक्ता जगदीश खरेलले पनि यसबारे पार्टीलाई थाहा नभएकाे र सरकारले जवाफ दिनुपर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर