विराटनगर किंग्सकाे दुई हार पछि दाेस्राे जित
एजेन्सी । विराटनगर किंग्सले काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित हात पारेको हो । विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो ।
विराटनगरको जितमा आन्द्रे रसेलले अलराउण्ड प्रर्दशन गर्दै ४ विकेट लिए भने अविजित ५२ रन बनाए । खेलपछि रसेलले अलराउन्डर रुपमा चुनौती स्वीकार गर्ने महत्वपूर्ण क्षण आफुले पुरा गरेको बताए।
उनले नेपालमा उच्च स्तरका खेलाडीहरू र राम्रो प्रतिष्पर्धा रहेकाले आगामी केही वर्षभित्र नेपालले विश्वका ठूला टिमहरूलाई हराउने विश्वास व्यक्त गरे ।





प्रतिकृया दिनुहोस