चीन र भारतसहित ३ देशका राजदूतकाे अग्रिमाे आयाे
काठमाडाैं । तीन देशका प्रस्तावित राजदूतहरूको अग्रिमो आएको छ।
असोज २८ गते १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर सम्बन्धित मुलुकमा पठाइएको थियो।
तर, शुक्रबार दिउँसोसम्म भारत, चीन र इजरायलका राजदूतको अग्रिमो प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
अग्रिमो आएका तीन मुलुकहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण छन्।
सम्बन्धित मुलुकले अग्रिमो पठाएपछि अब उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
यसबाहेक अमेरिका, बेलायत, जर्मनी लगायत सात देशका राजदूतहरूको अग्रिमो आउन बाँकी छ ।







प्रतिकृया दिनुहोस