• २०८३ मङ्सिर ५ शनिबार
  • Saturday, 21 November, 2026

हरिवनमा बाल दिवसको अवसरमा नगरस्तरीय चित्रकला र हस्तलेखन प्रतियोगिता 

सर्लाही । विश्व बाल अधिकार दिवसको अवसर पारेर सर्लाहीको हरिवनमा नगरस्तरीय रचनात्मक प्रतियोगिता सम्पन्न भएको छ। महादेव जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समाजको आयोजनामा आज विद्यालयको सभाहलमा एकदिने चित्रकला तथा नेपाली र अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको हो।

समाजकी संयोजक आरती लामाको आयोजनामा सम्पन्न कार्यक्रममा हरिवन नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रज्वल ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगितामा नगरभित्रका १८ सामुदायिक तथा संस्थागत विद्यालयका करिब १०६ जना विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगिताअन्तर्गत चित्रकलातर्फ मनकामना विद्यालयका रिदिश लामा प्रथम, सनराइज माध्यमिक विद्यालयका आदित्य महतो द्वितीय र रामअवतार माध्यमिक विद्यालयकी कविता मोक्तान तृतीय भएका छन्। त्यस्तै, सगुन आवासीय विद्यालयका रिशव लामिछानेले चौथो र महादेव माध्यमिक विद्यालयका अरुण रमौली मगरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

अंग्रेजी हस्तलेखनतर्फ डनिङ फ्युचर एकेडेमीकी गोमा विक प्रथम, अर्किड माध्यमिक विद्यालयका सुधिर कुमार महतो द्वितीय र डनिङ फ्युचर एकेडेमीकै स्वीकृति लामा तृतीय भएका छन्। त्यस्तै, सर्लाही एम्बिसनकी समीक्षा बल चौथो भएकी छन्।

नेपाली हस्तलेखनतर्फ डनिङ फ्युचर एकेडेमीकी खुसी थिङ प्रथम, अर्किड माध्यमिक विद्यालयकी गरिमा उप्रेती द्वितीय र मनकामना माध्यमिक विद्यालयकी एलिसा लामिछाने तृतीय भएका छन्। सगुन शिक्षा आवासीय विद्यालयकी समीक्षा क्षेत्रीले चौथो स्थान हासिल गरेकी छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर