• मंगलबार ३-१०-२०७६/Tuesday 06-25-2019/ 08:02 pm

यात्रा संस्मरण

सन १९९० अर्थात वि.सं २०४६ सालतिरको कुरा हो । तत्कालिन समयमा म केयर नेपाल भन्ने अन्तर राष्ट्रिय संस्थामा काम गर्दथें । दुर्गम जिल्लाको बाजुरामा त्यस कार्यालयले दुर्गम क्षेत्र आधारभूत आबश्यकता परियोजना संचालन गर्न सम्भाब्यता अध्ययन तथा परियोजना स्थल पहिचान कार्यक्रम संचालन गर्न हामी तिन जनाको टोली बाजुराको कोल्टी विमान स्थलमा ओल्र्यौं कोल्टी विमान स्थल कर्णाल्किो तिरमा चारैतिर अग्ला पहाडी वस्तीहरुको कोल्टेमा कर्णाली नदी तिर कोल्टीएको रहेछ त्यो विमान स्थल ।

 त्यसैले यसलाई कोल्टे भनेर नामाकरण गरिएको होला । ईञ्जिनियर ध्रुव मजगैयाँ, कृषिवन अधिकृत गोकुल विक्रम अधिकारी तथा म सत्य लाल मूल सामाजिक विकास अधिकृत यात्राका सहभागी थियौं । त्यहाँ केहिक्षण रोकि बाजुराको सदर मुकाम मार्तदिको लागि प्रस्थान गर्यौं । आधा घण्टा पैतालिस मिनेटको तेर्सो तर्सो उकालो हिंडाई पछि पाण्डूसेनको एउटा सानो चिया दुकानमा विसायौं र मिठो गाउँको दूधको चिया खाने मनसायले पसले साहु संग चिया माग्यौं ।

“साहुजी, गाई भैंसीको दुध वाला मिठो चिया खाऔंन चिनी विनाको ।” 
साहुजिले जिस्केर जवाफ दिनु भयो “ सर, यहाँ त औले भैंसीको मात्र दुध छ । चिया त हामी औले भैंसीको दुधमा बनाउँछौ.।” साहुजीको कुरा सुनेर म एक छिन छक्क परेँ  र सोधें के हो औले भैंसी भनेको भन्दा साहुजी हाँस्नुभयो र उत्तर दिनु भयो “ सर, यहाँ त बट्टाको तलबाट आएको दुध मात्र हुन्छ । गाई भैंसीको दुध बेचिन्दैन ।”
“किन?” मैले सोधे
“यहाँ यस्तै चलन छ । आप्mना बस्तुको दुध बजारमा बेच्यो भने तल्लो जातकाले खायो भने वस्तुले दुध दिंदैन भनेर पसल — बजारमा बेचिन्दैन ।” 
म त छक्क परें । अन्धविश्वासको त्यो परिवेश देखेर ।
हाम्रो यात्रा अगाडी बढ्ने क्रम जारी गर्दै ग¥यौं । पर्खेको लेक को उकालो सुस्त सुस्त चढ्दै गयौं । पर्खेको देउरालीमा त्यहाँ जीवन्त हावाले थकाईले कावा कावा भएको हाम्रो शरीरले पुन जीवन्तता पायो । 

मन आनन्द भयो । त्यो देउरालीमा सुस्ताएको त्यो क्षणको चरम आनन्दको अनुभूतिको बयान शब्दमा ब्यक्त गर्न कठीन छ । एकक्षणको चरम आनन्दको त्यो विश्राम पछि विस्तारै पर्खे लेकबाट ओर्लन सुरु गरेका हामी धम्कनेको खाजा दोकानमा आएर रोक्यौं र साँझको ६ बज्न लागेकोले ढिला नगरी सामान्य तयारी खाजा खाई मार्तदीको बाटो लाग्यौं ।

 अँध्यारो बढ्दै गएकोले बाटोको विशेष ध्यान रहेन मात्र छिटो मार्तदी पुगौं र एउटा होटल खोजी वास बसौं लागि राखेको थियो र हामी थकानले लखतरान भई आई पुग्यौं सदर मुकामको एक छेउ मार्तदी । अँध्यारै भई सक्यो मार्तदी बाजुरा जिल्लाको सदर मुकाम सेती अञ्चलको एउटा दुर्गम जिल्ला पुग्दा । खोजेर होटल पत्ता लगाईयो । सदर मुकाममा त एउटै मात्र होटल रहेछ । तीन जना सुत्ने कोठा देखायो २ वटा खाट ठूलो एउटा र सानो एउटा । 
खाटको लम्बाई खुट्टा सिधा तन्काउन नपुग्ने खालको लम्बाई रहेछ ।

ठूलोमा २ जना सुत्ने  सानोमा एक जना भनेर निर्देशन दिउ पश्चात होटेल साहुजी हिंडि हाल्नु भयो क्यारे । रात सजिलो असजिलो गरि वितायौं र विहान झिसमिसेमै उठ्र्यौ.। च्र्पि र पानी खोज्न थाल्यौं छैन । एक जनाले सायद, काम गर्ने केटो होला, हजुर यहाँ त ट्वाईलेट गर्न जंगल जाने र मुख धुन खोला जाने हो भने पछि बल्ल थाहा पायो होटलमा केहि पनि बन्दोवस्त नभएको ।

अब पर्यौ फसाद, हामी तिनै जना त्वाईलेट खोज्दै अफिस चहार्दै हिड्यौं । जंगलको किनारमा जिल्ला वन कार्यालयको साइनवोर्ड देख्यौं र त्यहि कार्यालयमा छि¥यौं । संयोगले डि.एफ.ओ. परिचित साथी नै रहेछ । गोकूलजीको सहपाठी नै पनि त रहेछ । हाम्रो कामको विषयमा जानकार िदिई एक छिन यता उताको गफ गरि खाना त्यहिं खाई जिल्ला प्रशासन तथा जिल्लाको अन्य सरकारी निकाय संग भेटघाट गर्ने कुरो टुंगो लगाई खाना खायौं ।
 त्यस पछि तयार भई जिल्ला प्रशासन कार्यालयमा सि.डि.ओ, एलडिओ सहितलाई भेटी हाम्रो आगमनको उद्देश्य र कार्यक्रमको विषयमा जानकारी दिंदै थियौं । दुइ जना प्रहरी भाईहरु आएर हामीलाई हेरिरहेको देख्यौं ।

थाहा छैन कारण । त्यहिं जिल्ला कार्यालयमा २०३६ साल तिर जुम्ला क्याम्पसमा पढाएको एक विद्यार्थी कार्यरत रहेछ । मेरो बोलाईको शैली, हात चलाई आदीलालाई कतिञ्जेल हेरेर ठम्याएको होला । म नजिक आएर सोध्यो “हजुर, मूल सर होइन र ?”
मैले हो भनेर टाउको हल्लाए र कसरी चिनीयो भनेर सोधें र मैले चिन्न नसकेको कुरा भने पछि उनले जवाफ दिए ।
 म बझाङ्गको विद्यार्थी जुम्ला क्याम्पसमा पढेको भने पछि मलाई पनि याद आयो र मैले भने “भरत बहादुर सिंह होइनत?” भने भरत त दङ्गै भयो र भन्यो “ओहो सरलाई त नाम यादै रहेछ नि त अहिले सम्म ।” भरत बहादुर सोझो खालको पढाईमा केन्द्रित हुने र अनेक जिज्ञासा राखि म संग कुराकानी गरिरहने विद्यार्थी थियो र याद रहिरहने विद्यार्थीमा पर्दथ्यो ।

 पछि तिनैले जानकारी दियो । हिजो को राती ३ जना आतंककारी, आन्दोलनकारीहरु मार्तदि आएको थियो भनेर यी प्रहरी भाईहरु खोज्दै थिए । तपाईहरु नै होला उसो भए अनीहरुले खोजेका आतंककारी आन्दोलनकारीहरु भने पछि सबैको हाँसो फुट्यो । र केहि बेर सोच्न वाध्य भयो यदि जिल्ला प्रशासन भन्दा बाहिर भेटेको भए हामी त आतंककारी नै हुने रहेछ । किनकी होईन भनेर पुष्टि गर्न काठमाडौंबाट पत्राचार गरि खबर आई पुग्दा सम्म महिनौं विति सक्ने थियो भने पछि सबै चुप भए र जवाफ थिएन । कारण त्यतिबेला ०४६÷०४७ को आन्दोलन चरम तयारीमा थियो राजनैतिक माहौल । 

क्रमशः
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनि

  • ९ असार, २०७६

काठमाडौै । कलाको सुन्दरतम् विधा चित्रकलामा यतिखेर शहरका तिनै पुस्ता झुम्मिएका छन् । ३ असार बाट आर्ट काउन्सिलमा चलिरहेको चित्रकलाकला प्रर्दशनिमा

कविता : ऐना

  • ७ असार, २०७६

हिजोआज मैले हेर्ने ऐनामा  अर्कै मान्छेको अनुहार देखिन्छ । जीवनभर जसलाई गाली गर्दागर्दा थाकेको थिएँ , र मुद्दा हालेको थिएँ बाटोका प्रत्येक

भारतको हिमाचल प्रदेशमा बस दुर्घटना, ४४ जनाको मृत्यु

  • ६ असार, २०७६

भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लामा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३) eGbf al9 जना घाइते भएका छन् । पहाडी क्षेत्रको सडकमा