• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 08:19 am

राजनारायण पाठक विशेष अदालतमा हाजिर 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् । भ्रष्टाचारको मुद्दा खेपिरहेका उनी विरुद्ध चैत १२ गते बिहीबार विशेष अदालत पाटनमा मुद्धा दायर गरिएको थियो । 

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा उनीमाथि दायर गरिएको थियो । बुधबार विशेष अदालतमा हाजिर भएका उनलाई हाल अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।

पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । 

पाठकले घुस लिने क्रममा विभिन्न व्यक्तिसँग गरेको बार्गे्निङ सम्बन्धि भिडियो समेत सार्वजनिक भइसकेको छ । घुस काण्डमा मुछिएका उनले ३ फागुनमा नै राजीनामा दिएका दिएका थिए । 

अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकद्वारा राजिनामा

अख्तियारका आयुक्त पाठकमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा सम्पर्क गर्न आह्वान

  • २० जेठ, २०७७

काठमाडौं । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल

फौजी किरा नियन्त्रण गर्दै दुल्लु नगरपालिका

  • २० जेठ, २०७७

दुल्लु । दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले

कृषि क्षेत्रमा इजरायलले हासिल गरेका विशेषज्ञता हस्तान्तरणमा प्रधानमन्त्री ओलीको जोड

  • २० जेठ, २०७७

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले पालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता