• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:22 am

गणतन्त्रमा वास्तविकता र नांगो वास्तविकता

१)ब्यवस्था गणतन्त्रको, अभ्यास राजतन्त्रको 
देशले १२ औं गणतन्त्र दिवस मनायो । राजतन्त्रको अन्त्य भनेको नारायणहिटी दरवारबाट एउटा ब्यक्ति, परिवारलाई विशेषाधिकार बाट हटाउनु मात्रै हुँदैहैन् । राजतन्त्र र गणतन्त्रको संघार भनेको समाज परिवर्तनको एउटा जोखिममय फड्को हो । 

दुवै सोचमा, सस्कृतिमा, आचरणमा शासक र जनताबीचको परिभाषा रुपमा मात्रै हैन् गुणमै समेत फरक हुन्छन् । लामो समयको अभ्यासले नेपाली समाजलाई मालिक, नाइके, जिम्वाल चाहिने भएकाले आप्mनै सोचले स्वआचरण विकास गर्न सकेन् । सिहदरवार चारैतर्फ फैलिएको हैन् नारायाहिटी फैलिएर चारैतर्फ छोटे राजाहाराजा भने टप्किए । 

निर्वाचित शासक श्रीपेचधारी माहाराज÷माहारानीभन्दा आपूmलाई ठूला सोच्नथाल्दा गणतत्रप्रति नै निरास तर्क गढिन लागे । संंघारतोडकहरु माहाराजै बने पनि इतिहासको फड्कोलाई उल्टीगंगा बहाउन भने सक्दैनन् । 

पाकेर गणतन्त्र फुत्त रुखबाट खसेको आँप जस्तो हैन्, यो त भिरमौरीको गोलोबाट काढिने कठमौरी वा  देवताको पोल्टोबाट आगो चोरेको मानवझै थियोे । 
अर्थशास्त्रको गम्भीर अध्ययता नभएकाले बजेटबारे बोल्दिन् । तर, कुराभित्रको कुरा भनेको यो समाजवाद उन्मुख बजेट नभइ लोकप्रियतावादमा फसेको हो । सरकारले निर्वाचित संघिय सांसदहरुलाई ‘घुष’ दियो । 

दयामा पगरी गुथेका माननियहरु भने हिस्स परे । प्रदेश सांसदहरु आप्mना अधिकार खोज्नेछन् नै । भ्रष्टहरु अरुलाई भ्रष्ट गराएपछि बात लगाउने सकिएको सोच्छन् । लुटका संपतीमा बाडीँचुडी गरेपछि डाकाको सरदारलाई आप्mनो नेतृत्व सुरक्षित हुन्छ भन्ने लाग्छ । 

जनताको नैतिक पतन नगराएरसम्म भ्रष्टराज गर्ने नीति टिक्दैन् । फैलिएका उपभोक्ता समितिको कार्यप्रणलीबाट बुभ्mन सकिन्छ । गाँउमा सिहदरवार त गयो, तर भ्रष्टाचार लिएर । गणतन्त्रलाई गाँडतन्त्र बनाउने हतियार बन्यो ।

गणतन्त्रको स्वामित्व र नाराको अपहरण भैरहँदा मूल मालिक माओवादीलाई जोगाउने चिन्ता रहेन् । राजनीतिक संस्कृतिमा नयाँहरु पुरानामा घालमेल र छ्यासमिस हुँदै गए ।  आप्mना लाचारीले गर्दा इतिहासलाई जोगाउन त सकेनन् नै, न नयाँ बन्न सके, न पुरानामै टिक्नै सके । 

शहरिया मध्यमवर्ग हीनतावोधको पीडाबाट ग्रसित छ । पहिचानको लागि जद्दाजेहाद गर्दैछ । गुम्ने भय र पाउने आशले ऊ शक्तिको भजन गाँउन पनि छोड्दैन भने क्रान्ति, परिवर्तनको आशा त्याग्न पनि सक्दैन् । समाजवाद उन्मुख विकासे कुरा त गर्छ तर साम्यवादी बिचार दृष्टीकोण तथा समाजवादी आचार, ब्यवहार उपभोक्तावादमा चुर्लुम्म डुब्छ पनि । समाजवादवाद तर्फको यात्रा संकेत सम्म न सरकारमा, न वजेटमा, न सरकारी पार्टी संगठनमै देखिन्छ ।  यो सवै विचारको ब्यबस्थापन हुन नसक्दा आएको समस्या हो ।  के यसको क्रमभंग हुन सक्ला ?

२)सेन एकः सर्मथक अनेक 
जेठ १५ गते अर्थात पत्रकार, लेखक, कवि तथा माओवादी नेता कृष्ण सेन इच्छुकको  हत्या भएको दिन । सेन जनयुद्धका आर्दश एक प्रतिक हुन ।  गम्न थाल्छु, ‘बर्दिधारी हत्यारा अहिले के सोच्दा हुँन ! उनका पहिलाका कमरेडलाई अहिले नियाल्दा भन्न पर्ने हुन्छ’ सेन बाँचेका भए के कसो हुन्थे ? 

प्रतिकको पूजा गर्न, भजन गाँउन त हाम्रो समाज अभ्यस्त छ, पारखी छ । तर, अनुसरण र ब्याख्या भने आप्mनू हित अनुकुल गर्छ । यसपटक पनि ४ ठाँउमा सेन कार्यक्रम भए । सामाजिक संजाल रंगिए । हत्याराले, सत्ताधारीले र विद्रोहीले पनि आप्mनो औचित्य सावित गर्न उनीलाई बहाना बनाए । सहिद, ब्यक्तित्व र प्रतिक पनि पात्र अनुसार हुँदा रहेछन् । बाऊले घ्यू खा थिए मेरो हात सुँग भनेजस्तै मैले पनि जनयुद्द लडेको थिए, म पनि सेन जस्तै मुक्तियात्रामा सामेल भएको थिएँ, कविता लेखेको थिएँ, अझ मैले त सेनलाई नेतृत्वनै गरेको थिए, संगै एउटै मोर्चामा थियौँ भन्नेहरु बर्गेल्ती देखिए । 

नवचाकरहरुका महिमा पनि अपरम्पार छन् । सेनका नाममा स्थापित पत्रकारिता पुरस्कार जनयुद्दको उछित्तो काढने र उनलाई गुरिल्ला भन्नेले थापे । हो पक्कै हो, सेन कलम बोक्ने गुरिल्ला नै थिए । राजतन्त्रको महिमामण्डन गर्ने कृतिकारले समेत सम्मान पाए । जसले जे जस्तो नाम भजाउन् ....एउटा सोच, संस्कृति, सकृयताका क्रान्तिकारी प्रतिक हुन–सेन । 

३) सहमति र सम्झौताका  
फाँसीवाद विरुद्द संयुक्त मोर्चा गठन गर्न पुगेका सोभियत रुस, अमेरिका र बेलायत दोस्रो विश्वयुद्दको अन्तसंगै जानी दुश्मनमा फेरिए । माओवादीभीत्र चुनवांग बैठकमा ‘अभूतपूर्व एकता’ भयो ।  डा. बाबुराम भटटराईले प्रचण्डसंग विलय सम्म भन्न भ्याए भने रामबहादुर थापा बादलले नेतालाइ आफूले सहयोग नपु¥याएको र धोका दिएकोमा हिक्का छोडेर रोए । सबै रोए, मन मस्तिक ‘पखाले’ । शक्ति वा स्वार्थमा समान्य हेरफेरसंगै सहमति र सम्झौता तोडिन्छन् । शक्ति संचय काल यो विश्रामकाल मात्र हो । शक्ति आर्जन गर्न पनि समिकरण तोडिने गरिन्छ । बादलले हातपारेका जनवर्गिय संगठनको नेतृत्व र अहिले सतहमा आएका इतिहासको चौवाटोमा उभिएर विवादलाई कसरी कमजोर शक्तिको विवसता र महत्वकाक्षाको खेल नियाल्दा रोचक दृष्य देखा पर्छन् । 

विपरित शक्तिहरु बीचमा एउटाले अर्कालाई परास्त गर्न वा पचाउन पनि नसक्ने अवस्थामा सहमति र सम्झौता  गरिन्छन् । शक्तिशाली दुश्मनसंग लड्न भिड्न प¥यो, शक्ति संचय गर्नुप¥यो भने अन्तरविरोध रहँदारहँदै पनि सम्झौता हुने गर्छ् । यो कुटनीतिक अभ्यास हो । 

सम्झौता पच्ने, पचाउने वा अस्तिव नष्ट गर्ने कुटनीतिक खेल हुन् । मौका पाउनेवित्तिकै स्वत्वका टकराहट बनेर ती सतहमा देखिन्छन् । शक्तिको अचाक्ली हेपाईबाट आजीत भएपछि या बिद्रोह हुन्छ या लम्पसार बन्नुपर्छ । शक्ति भनेको अन्धो हुँन्छ । संकट र समस्याले अवसरका लागि हुने  सम्झौता  समय घर्कने वित्तिकै वा शक्ति सन्तुलनमा आउने फेरवदलसंगै छिनमै तोडिन्छन् ।   

०७५ जेठ २ गतेको नेकपा एमाले र माओवादी केन्द्र बीचमा  ५ बुँदे सहमति भए अनुसार समानता र समान अवधीका लागी आवस्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने विषय छ । अहिले नयाँशक्ति समिकरण भएर नयाँ परिस्थिति तयार भयो । बादलको भूमिका फेरिएसंगै पुर्व माओवादीमा आंशका पैदा भए । जनवर्गियसंगठनको एकलौटी नेतृत्व सो समूहले पाँउनमा केहीदिन पहिलाको आन्तरिक भेलाको नयाँ रणनीति बुभ्mन थाले । ओली, वादलको नयाँ समिकरणको रुपमा लिन थालियो । जेठ २ को सहमति र सम्झौता को चर्चा चल्नुपछाडि के बादलको शक्तिसमिकरण नयाँ फडकोसंगै सरकारी नेकपा भित्र अर्को शक्ति संर्घषका संकेत त हैन् ?

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संविधान दिवस : ‘संक्रमणकाल अन्त्य गर’

  • ३ असोज, २०७६

नेपाली नागरिक, नेपाली राजनीति, नेपाली अर्थनीति, नेपाली समाज समग्रमा नेपाल विगत १३ वर्षभन्दा लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको छ । त्यसअघिको

मन्त्री दुलालसंगको यात्रा संस्मरण : १२ घन्टाका १४ कार्यक्रम...

  • २ असोज, २०७६

‘देश सकियो, देशलाई सुन्दरताबाट कुरुपतातिर लगे । नेपाली राजनीतिमा युवा सहभागिता भएन् । नेतृत्वमा बुढाहरुको बाहुल्यता धेरै हुनु नै देशको दुर्भाग्य

'देश नमरोस्'

  • ३१ भदौ, २०७६

त्यसो त वकवासहरू नहुने हो भने सत्यहरू एक्ला हुन्छन् । ब्युँझेकाहरू नहुने हो भने सुतेकाले शाासन गर्दछन् । सबभन्दा कठिन सुतेकाहरूको शासनमा हुन्छ ।