• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:24 am

दीर्घकालीन आवधिक योजनालाई कार्यान्वयन गर्न प्रतिवद्ध : उपाध्यक्ष देवकोटा

हेटौँडा । प्रदेश नं ३ का  नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेश सरकारले प्रदेशमा दीर्घकालीन आवधिक योजनालाई कार्यान्वयन गर्न र सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यमा जिम्मेवार बनाएको बताएका छन् । 

 प्रदेश नं ३ का नीति योजना आयोग विगत २०७५ जेठ २९ गते स्थापना भई आज एक वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार भेटघाटमा    उपाध्यक्ष देवकोटाले आयोगले आगामी पाँच वर्षको लागि प्रदेशमा आवधिक योजना सञ्चालन गर्न परियोजना बैंकको स्थापना गरेको जानकारी दिए । 

 उनले उक्त परियोजना बैंकलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको डेक्समा स्थापना गरी प्रदेशका १३ जिल्लामा क्रमशः आवधिक एवं राष्ट्रिय गौरवका योजना कार्यान्वयन गर्दै लैजान मार्गनिर्देश गरिएको स्पष्ट पारे । 

आयोगले एक वर्षको अवधिमा प्रदेशको पहिलो आवधिक योजनाको आधारपत्र तयार तथा प्रकाशनको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरेको, मागमा आधारित योजना छनोट कार्यविधि तर्जुमा गरिएको, प्रदेश सरकारका नीतिहरुको संक्षिप्त विवरण तयार तथा प्रकाशन गरिएको, उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापन निर्देशिका तयार पारिएको र योजनाको छनोटको प्राथमिकता तथा मापदण्ड मार्गदर्शन गरिएको जनाएको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फेरिँदै राउटेको जीवनशैली, अस्पतालमा उपचार गर्न थाले

  • ३ असोज, २०७६

सुर्खेत । लोपउन्मुख जातिको रुपमा रहेको राउटे जातिपनि आजभोली अस्पतालमा उपचार गर्न थालेका छन् । उनिहरुको संस्कार अनुसार जति बिरामी भए पनि अस्पतालको

प्रदेश २ मा संविधान दिवस : सत्तारुढ दल राजपाद्वारा नै विरोध प्रदर्शन [फोटोफिचर]

  • ३ असोज, २०७६

जनकपुरधाम । प्रदेश दुई सरकारको सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले संविधान दिवसका दिन बिरोध प्रदर्शन गरेको छ । प्रदेश दुई सरकारको

सुदूरपश्चिममा अख्तियारको १५ स्ट्रिङ अप्रेसन : २६ कर्मचारीबाट ३० लाख घुस बरामद

  • ३ असोज, २०७६

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षको अवधिमा सुदूरपश्चिममा १५ स्ट्रिङ अप्रेसन गरेको छ । आर्थिक बर्ष २०७०/०७१ मा अख्तियार