• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

प्रिय प्यारु

प्रिय प्यारु , 
सङ्गै हिड्नु छ–जीवनको साँगुरो गल्ली हात समाउदै हास्दै , रमाउदै ।

हिड्दा–हिड्दै कतै,
आँखामा आँखा जुध्यो भने सम्झनु
हामी बिस्वासको प्रेमले बेरिएका हुनेछौ।

कहिलेकही,
हत्केलाले हत्केला छोयो भने सम्झिनु
मैले ह्जुरलाई अथाह प्रेम गरेको छु।
जसरी–

पुसले न्यानो घाम ओडेर भुईकुईरो अँगाल्छ।
जसरी–
गुराँसले हिमालको यौवन फुलाउछ।
जसरी–

नदिहरु किनारसंग प्रेमको क्षेत्रफल नापी-नापी बग्छन।
अनि जसरी,
ह्जुरका आँखाहरु उन्मुक्त हास्छन ।

दुई नयनमा झुल्केको प्रेमको बेजोड सहारामा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर