• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

सवारी चालककाे गुनासाे–‘हामी सुरक्षित भएनौं, सरकारले कानुन संसोधन गर्नुपर्यो’

सांकेतिक तस्बिर

काठमाडौं । सवारी चालकहरुले आफ्नो पेशा सुरक्षित हुनपर्ने माग सरकारसंग राखेका छन् । देशका उच्च पदस्तदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुको सवारी चलाउने चालकहरु आफूहरुको कुनै सम्मान राज्यपक्षले गर्न नसकेकोमा दुःखी भएका हुन् । 

यातायात क्षेत्रलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम नेताहरुले बनाएको उनीहरुको आरोप छ । कोही कसैलाई चित्त नबुझ्दा यातायात क्षेत्र माथि बन्द हड्ताल हुने गरेको तर आफूहरुलाई समस्या पर्दा केही बोल्न नपाएको चालकहरुको गुनासो छ । 

गाडी चालकहरुले चाएर कुनै प नि दुर्घटना नहुने भन्दै वर्तमान सरकारले ल्याएको कानुनप्रति चालकहरु असन्तुष्ट छन् । चालकहरु जुनसुकै बेलामा पनि जन्मकैदको सिकार बन्नसक्ने व्यवस्था राज्यले ल्याएको भन्दै आफूहरु सुरक्षित हुन नसकेको उनीहरुको भनाई छ । 


यस्तो प्रकारको कानुनले सवारी चालकहरुमा कुनै पनि बेला ठूलो समस्या आफूहरुलाई पर्ने भन्दै यसबारे सरकारले गम्भीर भएर सोच्नपर्ने यातायात चालकहरुको भनाई छ । 

सवारी चालकहरुले उक्त कानुन संसोधन नभए आफूले चलाउने गाडी सम्बन्धीत गाडी धनिलाई बुझाउने र दोस्रो चरणमा सवारी चालक अनुमतिपत्र सरकारलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर