• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 11:42 am

त्रिशूलीमा ट्रक खस्दा,सहचालक बेपत्ता

भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १ः३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

 गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक पूरै पानीमा डुबेको र  नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विदेशबाट फर्किएर स्थानीय जातको कुखुरापालन

  • ६ कार्तिक, २०७६

पाल्पा । मानिसहरू वदेशिक रोजगारीका लागि विदेशिने क्रम चलिरहँदा पाल्पाका एक युवा भने विदेशबाट फर्केर स्थानीय जातका (लोकल) कुखुराको व्यावसाय सुरु

पशुपति आर्यघाटका कामदार हडतालमा उत्रिए

  • ६ कार्तिक, २०७६

काठमाडौं । पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। सेवा सुविधाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्

रत्ननगरको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

  • ६ कार्तिक, २०७६

चितवन । रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी