• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

राष्ट्रपतिसँंग आधा घण्टा, प्रधानमन्त्रीसँंग ४ घण्टा भेटेर फर्किए ‘रअ’ प्रमुख गोयल

प्रम ओलीसँग ४ घण्टाको छलफलमा के भयो ?

काठमाडौं । भारतीय खुफिया संस्था रिसर्च एण्ड एनालाईसिस विङ ‘रअ’का प्रमुखसहितको टोलीे नेपाल मिसन सकेर सोमबार भारत फर्कियो ।

शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेका ‘रअ’का प्रमुख सामन्त गोयलसहितकाे टाेलीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, अन्य केही नेताहरू, मधेशी दलका नेतासंग भेट गरे । सुरक्षा निकायका प्रमुखहरुसँग समेत भेट गरेर उनले नेपालमा भारत फेरी सक्रिय हुन लागेको संकेत दिएर गए ।

गोयलले ‘रअ’ प्रमुखको जिम्मेवारी जुन २६ मा सम्हालेका हुन् । त्यसको ठिक १ महिना पनि नपुग्दै उनि नेपाल प्रवेश गरेर आफ्नो प्राथमिकताको संकेत गरेका छन् । तर, यो भ्रमण कुनै खास मिसन पुरा गर्न भन्दापनि परिचयात्मक (कट्सी कल) भेट जस्तै भएको दुतावास स्राेतले बतायो ।

यो पनि  पढ्नुहोस      ‘रअ’ प्रमुख गोयलको नेपाल भ्रमणको तरंग, यी हुन् नखुलेका पाटा 

‘रअ’ प्रमुख गोयलले पहिलो भेट राष्ट्रपति विद्यादेवि भण्डारीसँग शितल निवासमा गरेका हुन् । आईतबार साँझ ७ बजेपछि लगभग आधा घण्टा राष्ट्रपतिसँग शिष्टाचार भेट भएको स्राेतले समाचार दैनिकलाई जानकारी दियो ।

त्यसपछि गोयलको टोली डिनर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको थियो । प्रधानमन्त्रीसँग ‘रअ’ प्रमुख गोयलले केही समय सामुहिक भेट गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओली र गोयलबीच झण्डै ४ घण्टा वान टु वान बार्ता भएको स्राेतले दावी  गरेकाे छ ।

भेटका क्रममा प्रमुख गोयलले प्रधामन्त्री ओलीको दुई विषयमा ध्यान आकर्षण गराएका थिए । स्राेतका अनुसार आपसी बधाई तथा शुभकामना आदान प्रदानका अलवा गोयलले नेपालमा बढ्दै गएको भनिएको पाकिस्तानी गतिविधि र चीनसँगको सरकारी झुकावको विषय उठाए ।

रअ’का प्रमुख गोयलले नेपालमा बढ्दै गएको भारत विरोधी गतिविधिप्रति ओलीसँग धेरै गुनासो गरेका थिए । जवाफमा ओलीले भारत विरोधी भावना बढ्न नदिने आश्वासन दिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीलाई भेट्न ‘रअ’ प्रमुख समान्त गोयलसहितको टोली रातो प्लेट गरेको नीजि सवारी साधनमा प्रधानमनत्री निवास बालुवाटार प्रवेश गरेको थियो । 

गोयल  सोमबार विहानै भारत फर्किएका हुन् । त्यसअघि उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग उनकै निवास खुमल्टार पुगेर भेटवार्ता गरे । आधा घण्टा जति लामो भेट भएको र प्रधानमन्त्रीलाई भेट्न नेपाल आएका बेला उनले अध्यक्ष प्रचण्डसँग कट्सी कल मात्रै गरेको प्रचण्डनिकट नेताहरुले बताएका छन् । 

पहिलोपटक आइतबार नेपाल  आएका प्रमुख गोयल सहितको टोलीले सोही दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौँस्थित भारतीय दूतावासमा भेट गरे । भारतीय दूतावास स्रोतले सभापति देउवासँग भेट भए पनि खासै कुरा नभएको दाबी गरेको छ ।  

काँग्रेसका नेता रामचन्द्र पौडेल, नेकपाका सचिवालय सदस्यद्वय माधवकुमार नेपाल, वामदेव गौतम, प्रहरी प्रमुख र नेपाली सेनाका प्रमुख लगायतका व्यक्तिसँग गोयलले महाराजगंजस्थित एक नीजि घरमा छलफल गरेका थिए । 

गोयलसँग ‘रअ’का उपप्रमुख शशिभुषण सिंह र ‘रअ’का पूर्व नेपाल स्टेशन प्रमुख अरुण जैन पनि आएका थिए । रअ’का प्रमुख गोयलसहित छ जनाको टिमलाई बौद्धको होटेल ह्यातमा बसेको थियो ।  
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर