पोखराको न्यूरोडमा भीषण आगलागी
काठमाडौं । पोखरामा भीषण आगलागी भएको छ । पोखराको न्यूरोडस्थित भाटभटेनी सुपर मार्केट अगाडी रहेको नव दुर्गा फर्निचरबाट आगो सुरु भएको बताइएको छ । उक्त फर्निचरबाट सुरु भएको आगलागीले अन्य पसलमा समेत क्षति पुगेको छ ।
घटनाको क्षतिविवरण केही आएको छैन् । अहिले प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउनका लागि ४ वटा दमकल प्रयोग भएको छ ।
प्रतिकृया दिनुहोस