मुख्यमन्त्री शाहीलाइ लक्षित गरेर कालिकोटमा बम विस्फोट
म तर्सनेवाला छैन–मन्त्री शाही
सुर्खेत । कालिकोटको पातलभरना गाँउपालिकाको खाद्रुमा बम विस्फोट भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाइ लक्षित गरि बम विस्फोट गराइएको स्थानीय प्रहरीले बताएको छ । मुख्यमन्त्री शाही भएको भन्दा करिव १ किलोमिटर टाढा बम विस्फोट भएको हो ।
विस्फोटनबाट कुनैपनि क्षेती भने भएको छैन । विस्फोटन लगत्तै समाचार दैनिकसँग कुरा गर्दै मन्त्री शाहीले आफुलाई तर्साउने प्रयोजनले विस्फोट गराईएको भएपनि त्यसले कुनै असर नपर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस