• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रहिनन् डा. लक्खीदेवी सुन्दास

सिलिगुडी । भारतमा रहेर नेपाली भाषा–साहित्यमा उल्लेख्य योगदान गरेकी साहित्यकार तथा समालोचक डा. लक्खीदेवी सुन्दासको निधन भएको छ । ८५ वर्षीया सुन्दासको सिलिगुडीस्थित एक नर्सिङ होममा बिहीबार दिउँसो निधन भएको हो । 

डा. सुन्दास भारतको दार्जिलिङमा रहेर नेपाली भाषासाहित्यमा कलम चलाउँदै आएकी थिइन् । पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बनेपछि उनी पाँच वर्षदेखि सिलिगुडी बस्दै आएकी थिइन् । 

सन् १९३४ मार्च २७ मा भारतको कोलकातामा जन्मिएकी सुन्दासले नेपाली साहित्यमा एमए तथा दर्शनशास्त्र र कानुनमा स्थातक गरेकी थिइन् । विशेषगरी समालोचना विधामा कलम चलाएकी सुन्दासका ‘सम्भावित अर्थ समर्पित एकान्त’ र ‘आहत अनुभूति’ ‘खै रिपोर्ट आएन’ र ‘तेस्रो घर’ उनका कृति हुन् । 

डा. सुन्दासले सन् २००१ मा भारतीय राष्ट्रिय अकादमी पुरस्कार पाएकी थिइन् । त्यसैगरी, सन् १९७२ मा रत्नश्री स्वर्णपदक र लोकप्रियादेवी पुरस्कार पाएकी सुन्दासले पश्चिम बंगाल सरकारले प्रदान गर्ने माइक मधुसूदन अवार्ड प्राप्त गर्ने पहिलो नेपालीभाषी महिला हुन् । 

डा. सुन्दास दार्जिलिङको सरकारी कलेजको पहिलो प्रिन्सिपलसमेत हुन् । उनी भारतीय नेपाली नारी साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत हुन् । दार्जिलिङकी साहित्यकार विन्द्या सुब्बाले सामाजिक सञ्चाल फेसबुकमा लक्खीदेवीको निधनले आफू टुहुरो भएको बताएकी छिन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर