• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

भक्तपुरमा गाईजात्राको रौनक

भक्तपुर । व्यंग्यबाण प्रहार गर्दै आफ्ना दिवगंत आफुन्त सम्झेर बनाउने गाईजात्रा पर्वको रौनक भक्तपुरमा पनि बढेको छ । 

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन मनाईने गाईजात्रा अर्थात् सापारु मा नेवार समुदायले सायातु गर्ने चलन छ । वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने गरिन्छ ।

भक्तपुरमा भएको गाईजात्रामा स्थानीय राजनीतिक विकृतीहरुमाथि पनि प्रहार गरेका छन् । स्थानीय जनप्रतिनिधिका डोजर देखी चीन–अमेरिका इकोनोमिक वार सम्मका विषयलाई गाईजात्रामा समावेश गरिएको छ । 

भक्तपुरको गाईजात्रा (सापारु) अन्य ठाँउको भन्दा विशेष मानिन्छ। भक्तपुरमा सापारु सुरु भएको संकेत अघिल्लो दिन अर्थात श्रावण शुक्ल पूर्णिमाको दिनबाटै हुन्छ।

यसदिन भक्तपुरको पूर्व फर्केको नौवटा ढुङ्गेधारामा मुख धुने चलन छ।  ब्यासीस्थित कालदह, नगरकोटस्थित महादेव पोखरी लगायत ठाँउमा मेला लाग्छ। यसदिन साँझपख तलेजुबाट घेन्ताघिंसी नाच भक्तपुर नगरको प्रदक्षिणा मार्ग भएर परिक्रमा गर्छ।  

तलेजुबाट घेन्ताघिंसी नाच ल्याएपछि सापारु सुरु भएको मानिन्छ। भोलि हुनुअगावै मध्यरातदेखि दिवंगतहरुको नाममा भक्तपुरवासी प्रतिकात्मक गाई घुमाउँछन्। बिहान विशेषगरी डोकोमा बनाएका गाई घुमाउँछन्। वर्षभरमा दिवंगत स(साना केटाकेटीको सम्झनामा यस्ता डोकोमा बनाएका गाई अर्थात् ुदोकचा साु नगर परिक्रमा गराइन्छ।

भक्तपुरको सापारुको सबभन्दा आकर्षण ताहासाँ अर्थात चारवटा लामो लामो बाँसबाट बनेको गाई हो। ताहासाँको अगाडि(पछाडि कपडाको डोरी समाउने दुई जना हुन्छन्। ताहासाँ बोक्ने चार जना। घरको दुई तला जति अग्लो ताहासाँ विशेषगरी पाका उमेरका दिवंगतको सम्झनामा बनाइन्छ।

भक्तपुरको सापारु आठदिनसम्म विभिन्न देवदेवीको जात्रा गरी कृष्णाष्टमीमा समापन हुन्छ। सापारुबाहेक अन्य दिनमा समेत फर्मायसी रुपमा टोलटोलबाट घेन्ताघिंसी ल्याउने चलनले थप रौनकता थपेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर