• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सरकारद्वारा ११ अर्ब अनुदान स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद बैठकका ३५ निर्णय

काठमाडौं । सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना संचार मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।  

अब भिडियो कन्फरेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था भएको मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् । नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ संशोधन गरी यस्तो व्यवस्था गर्न लागिएको हो ।

प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ लगायत सूचना प्रविधि प्रयोग गरी मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था थप भएको उनले बताए । साथै, मन्त्रिपरिषद बैठकले नेपाल सरकारका विशिष्ट श्रेणीको सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, विकास साझेदारहरुबाट प्राप्त एक सय मिलियन अमेरिकी डलर अर्थात ११ अर्ब नेपाली रुपैंया अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर