• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चितवनमा प्रहरीद्वारा लाठिचार्ज र अश्रुग्याँस प्रहार

काठमाडौं । प्रहरीले रवि लामिछानेसमर्थक प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार प्रहार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विहानैदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले भर्खरै अश्रुग्याँस प्रहार गरेको हो । अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरबितर भएका छन् ।

प्रदर्शनकारीहरुले विहानैदेखि लामिछानेको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका थिए ।

आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीनजनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । 

तीनै जनालाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा साउन ३० गते पक्राउ गरेको थियो । पुडासैनी साउन २० गते चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर