• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे अन्तक्रिया

बुटवल । पत्रकार किशोर पन्थीद्वारा लिखित “महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे” रुपन्देहीमा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले मुलुकमा गएको महाभुकम्प, त्यसको क्षति र पुनर्निर्माणको अवस्थालाई हेर्दा विपद पुर्वतयारीको अवस्था कमजोर देखिएको बताएका छन् । उनीहरुले कुनैपनि विपद सूचना दिएर नआउने भएपनि यसको पुर्व तयारी सबैभन्दा महत्वपूर्ण रहेको भन्दै त्यसका लागि राज्यका संयन्त्रहरु प्रभावकारी बन्न नसकेको पनि स्वीकारेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले महाभुकम्पलगायतका कुनैपनि विपद पुर्व सूचना दिएर नआउने भन्दै यसका लागि योजनाबद्ध तयारी गरिए क्षति न्युनीकरणमा सहयोग पुग्ने बताए । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महाभुकम्पले सिंगो मुलुकलाई विपदबाट जोगिने उपायको गतिलो पाठ छोडेर गएको भन्दै यसलाई सम्झन र बिर्सन समेत नसकिने बताए । 

महाभुकम्पपछिको उद्दार र राहतको कार्यमा प्रहरी संगठनले खेलेको भूमिकाबारे आफ्नो अनुभव सुनाउँदै खनालले पत्रकार पन्थीद्वारा प्रकाशित पुस्तक विपदको पुर्वतयारीका लागि समेत काम गर्न सहयोगी हुने धारणा राखे ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं स्तम्भकार अर्जुन ज्ञवाली, अर्का वरिष्ठ पत्रकार मदनलाल पौडेल, लेखक तथा विश्लेषक मनिकर कार्की लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा पुस्तकका बारेमा तथा महाभुकम्पपछि नेपालको पर्यटनसहित विभिन्न क्षेत्रमा परेको असरका बारेमा छलफल भएको थियो ।  एक दशक देखि अमेरिकामा बसेर पत्रकारिता गर्दै आएका पत्रकार पन्थीले लेखेको पुस्तकमा भुकम्पका बेला भोग्नु परेका पीडा देखि विभिन्न पक्ष समेटिएको छ ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर लेखिएको पुस्तकमा महाभूकम्पमा वियोग र वेदना भोग्नेहरुका वास्तविक कथाहरु, मृत्युको मुखबाट बाँच्नेहरुको बयान, रेस्क्यु अपरेशनमा खट्ने सेना, प्रहरी लगायतको अनुभव, भूकम्पपछि घाइते हुनेहरुको उपचारमा संलग्न डाक्टरहरुको अनुभव, देशविदेशबाट राहत लिएर आउनेहरुको भोगाई र अप्ठ्यारो अवस्थामा समेत संचारकर्ममा सकृय पत्रकारका कथाहरु समेटिएको छ । पुस्तक २५२ पृष्ठको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर