दैलेख लागिएको गाई सुर्खेतको भिरमा किन खसालियो ?

यस्तो छ कानुनी व्यवस्था

सुर्खेत । बाँके जिल्ला प्रशासनको अनुमती पत्र लिएर नेपालगञ्जबाट २९१ वटा गाईलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर हुँदै दैलेखको शिरस्थान लैजाने क्रममा वीरेन्द्रनगर नगरपालिकाको ‘सुपाकुना’ र वीरेन्द्रनगर नगरपालीकाको वडा नं. ८ को ‘कटुकुवा’मा गाईहरुलाई भिरबाट खसालीएको छ । राति ११ बजे ८ ओटा ट्रकमा ल्याईएका गाईहरुलाई ‘सुपाकुना’बाट खसाल्दै ‘कटकुवा’ सम्म पुर्याएको छ । 

तर, यता त्यो घटनाको बारेमा कर्णाली प्रदेशका प्रहरी प्रमुख डि.आई.जी. पूर्णचन्द्र जोशीले भने पूरा विवरण नआएको बताएका छन् । उनले भने–‘संख्या कति थियो भन्ने थाहा छैन । गाईको कानमा ट्याग लगाइएको छ । त्यो कहाँ बाट आएको भन्ने थाहा छैन । तर, घटना भएको स्थान कटकुवामा भने १६ वटा गाईको मुत्यु भइसकेको र ७ वटा गाई घाईते अवस्थामा छन् । १५० जीवित छन् ।’ 

‘गाई फालिएको ठाँउ पनि फरक–फरक ठाँउ छ ५ सय मिटरको दुरीमा गाई फालीएको छ’ घाइते गाईको उपचारको लागी भेटनरी डाक्टर त्यो ठाँउमा पुगिसकेको बताउँदै डि.आई जी. चन्दले जानकारी दिए । कर्णाली प्रदेशको सिमा क्षत्र बबई देखि माथि खोजी भइराखेको छ यता सुपाकुनामा भने पनि ८ वटा मृत र ३ वटा घाईते अबस्थामा भेटिएका छन् । यसरी त्यो घटनालाई हेर्दा विभिन्न ठाँउमा छोडेर हिँडेको देखिन्छ । 

तर, गाईको मृत्यु हुनाको कारण के हो भन्ने बारेमा अहिले भन्न नसकिने डि.आइ.जी. चन्दको भनाई छ । गाई लिएर आएका सवारी चालक ५ जनालाई प्रहरीले नियन्त्रणमा लिसेकेको हुनाले त्यो घटनाको बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका मेयर देव कुमार सुवेदीले भने–‘हामीलाई कुनै पनि जानकारी छैन यी गाईहरुलाई कसरी कहाँबाट ल्याइएको हो त्यो हामीलाई आधिकारिक जानकारी कहि कतै बाट पनि आएको छैन । तर यो बारेमा हामीले बुझिरहेका छौ । बाके जिल्लाको आधिकारीक पत्र ल्याएर गाईहरुलाई दैलेखको शिरस्थानमा लिन लागिएको भन्ने छ दैलेखमा पनि कसको सम्पर्कमा लिन लागीएको हो त्यो हामी कहाँ आधिकारिक रुपमा आएको छैन । हामीले नगरपालीका मा रहेका व्यावारिसे गाईको ब्यावस्थापनको लागी गौसला निर्माण गर्न लागीरहेका बेला झन गाईको भार थपिएको छ । अब यसलाई कसरी व्यावस्थापन गर्ने चित्ता त्यो छ ।’ उनले भने ।

‘अहिले तत्कालको लागि ती गाईहरुको लागी उपचार खाना पानीको हामीले व्यवस्थापन गर्नको लागी नगरपालिकाको तर्फबाट जिम्मेवारी दिएर पठाउने भनेका छौ सकभर भोली सम्म ती गाईको रेखदेख हामीले सके जति गर्छौ ।’ उनले भने ।

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ दफा २८९ मा पसुलाई यातना दिन मार्न घाउ चोट पु¥याउन नपाईने भन्ने कानुनी व्यवस्था छ । कानुनमा भएको व्यवस्थालाई हेर्ने हो भने त्यो गाईको घटनालाई हेर्दा मानविय भन्दा अमानविय देखिन्छ । 

‘यो काम गैर कानुनी हो यस्तो काम गर्नेलाई ३ बर्ष जेल सजाए हुन्छ । त्यसैले यो कार्य पशु अधिकारका बिरुद्धको कार्य हो यसको लागी कसैले पनि जाहेरी दिनु पर्ने र उजुरी गर्न पर्ने होइन यहाँको सम्बन्धित प्रहरी छ यो घटना भएको स्थान पनि जिल्ला प्रहरी कार्यलयको सेवाक्षेत्रभित्र पर्छ । त्यो घटनाको सूचना लिएर तत्काल कारबाही अगाडी बढाउनुपर्छ ।’ कानुन व्यावसायी दुर्गा प्रसाद सापकोटा बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर