काठमाडौं र दिल्लीबाट स्विच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरिँदै
काठमाडाै । मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज दिउसो १२ बजे मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा नेपाल भारत पेट्रालियम पाइपलाइनको उद्घाटन गर्ने छन् ।
यो पाईपलाईनबाट हाल डिजेलमात्र आयत हुनेछ । यसबाट देशको कुल डिजेल मागको ७० प्रतिशत माग धान्ने आयल निगमका कार्यकारि निर्देशक सुरेन्द्र पौडेलले जानकारि दिए ।
दुवै देशका प्रधानमन्त्रीद्वयले आ–आफ्नो देशबाट भिडियो कन्फरेन्समार्फत स्वीच थिचेर मंगलबार भल्व खोल्ने भएका हुन् । जसका लागि भारततर्फका ३ वटा र नेपालतर्फका ३ वटा गरेर जम्मा ६ वटा क्यामेरा राखिएको छ ।
पेट्रोलियम पाइपलाइनमार्फत हाललाई डिजेलमार्फत उपलब्ध हुने बताइएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ७० किलोमिटर लामो पाइपलाइन दुई देशबीचको पहिलो पाइपलाइन हो ।
साे पेट्रोलियम पाइपलाइनमार्फत हाल को लागि डिजेल मात्रै ल्याउने छ । पेट्रोल र मट्टीतेल भण्डारण क्षमता नभएकाले हालको लागि डिजेल मात्र ल्याउने तयारी रहेकाे निगमले जनाएकाे छ । यधपी डिजेल आउने पाइपबाट पेट्रोल र मट्टीतेल ल्याउन सकिने कार्यकारि निर्देशक सुरेन्द्र पौडेलले बताए । ।
पाइपलाइन मार्फत पेट्रोल ल्याउदा नेपाल आयल निगमलाई वार्षिक झन्डै एक अर्ब रुपैया बचत हुनेछ । ढुवानीका लागि खर्च नहुदाँ डिजेल पनि सस्तो हुन सक्ने उनले बताए । यसरी पेट्रोलियम पदार्थ ल्याउदा ७० प्रतिशत माग पुर हुनेछ । नेपालमा पेट्रोलियम पदार्थकाे माग वार्षिक २० प्रतिशतले बढिरहेकाे छ । पाइपलाइनबाट प्रति घण्टा दुइ लाख ९४ हजार डिजेल आयात गर्ने क्षमताको छ । साे पाइपलाइन बनाउनका लागि २ सय ५७ कराेड रूपैयाँ लागेकाे छ ।
परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ (२ अर्ब भारु) र नेपालको १ अर्ब २० करोड (७५ करोड भारु) रुपैयाँ लगानी हुनेछ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।
प्रतिकृया दिनुहोस