• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 08:03 am

नाइजेरियामा बाढीका कारण ५७ जनाकाे ज्यान गयाे

एजेन्सी ।  नाइजेरियामा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार बाढीले अरू एक लाख ३० हजार जना घाइते भएका छन् । यो तथ्याङ्क जुन महिनादेखिको रहेको उनीहरूको भनाइ छ ।

नाइजेरियामा पछिल्लो समय मौसम धेरै खराब भएको छ । राजधानी र दुर्गम क्षेत्रमा वर्षाले असर पारेको छ । नाइजेरियाको सरकारले मङ्गलबार वक्तव्य जारी गरेर बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । 

बक्तव्यमा बाढीका कारण १२ हजार घरमा क्षति पुगेको उल्लेख गरिएको छ । त्यसैगरी दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको छ । दक्षिण पश्चिमी मराडी र दक्षिण मध्यजिन्दार क्षेत्रमा सबैभन्दा धेरै बाढीको प्रभाव परेको अधिकारीहरूले जनाएका छन् ।  बाढी पहिरोका कारण नाइजरमा गत वर्ष ५६ जनाको मृत्यु भएको थियो भने दुई लाख जना प्रभावित भएका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बेपत्ता भनिएका सेवानिवृत्त पाकिस्तानी जनरल अजीजको मृत्यु 

  • ६ फाल्गुण, २०७६

रियाद । केही वर्ष पहिले रहस्यमय ढंगले बेपत्ता पारिएका सेवानिवृत्त पाकिस्तानी जनरल शाहिद अजीजको सन् २०१८ मा मृत्यु भएको अलकायदाको क्षेत्रीय

युवतीको तस्विर पठाएर इजरायली सेनाको फोन ह्याक 

  • ६ फाल्गुण, २०७६

एजेन्सी । इजरायली सेनाका अनुसार आप्नो दर्जनौँ सैनिकको स्मार्टफोनलाई युवतीहरुको तस्विर पठाएर ह्याक गरिएको छ ।  इजरायली सेनाको एक प्रवक्ताका

कोभिड–१९सम्बन्धी ठूलो अध्ययनको निष्कर्ष : ८० वर्षमाथिका मानिसको मृत्युदर उच्च

  • ६ फाल्गुण, २०७६

एजेन्सी । चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन्  । यसमा ७०