भारतबाट आयात हुने तरकारी तथा फलफूल चेकजाँचमा कडाइ
कैलाली । सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयातमा कडाइ गरिएकाे छ । भारतबाट भित्रने तरकारी तथा फलफुलमा अत्याधिक विषादी नियन्त्रणका लागि कडाइ गरिएकाे प्लाण्ट क्वारेन्टाईन कार्यालय कैलालीले जनाएकाे छ ।
नाकामा कडाइ गरेपछि तरकारी तथा फलफुलजन्य पदार्थकाे आयात शुन्यमा झरेकाे छ । अत्याधिक मात्रामा हुने विषादीको प्रयोग बढेकाे भन्दै सीमा नाकामा तरकारी र फलफूल आयातमा कडाइ गरेपछि आयात शुन्यमा झरेको हाे ।
भारतबाट आयात हुने खाद्य सामाग्रीहरुको स्वच्छताको प्रमाण पत्र नल्याउदा रोक लागाईएको प्लाण्ट क्वारेन्टाईन कार्यालय कैलालीले जनाएको छ ।
विषादी परीक्षणपछि मात्रै आयात गर्न दिने गरिएकाे कार्यालयले जनाएको छ । प्लान्ट क्वारेन्टाइन एंवम् विषादी व्यवस्थापन केन्द्रका अनुसार ३५ प्रतिशत कम देखिए खानयोग्य मानिन्छ । आर्थिक बर्ष २०७५/०७६ मा कृषिजन्य बस्तु ५३ हजार ६ सय ९ मेट्रिक टन आयात भएको छ । जसमा आलु १४ हजार ४ सय ८३ मेट्रिक टन, प्याज ३ हजार ३ सय ८३ मेट्रिक टन, टमाटर १ हजार ३ सय ३१ मेट्रिक टन आयात भएको थियो ।
त्यस्तै फलफुलमा भने ४ हजार ५ सय ७६।३१ मेट्रिक टन आयात भएको प्लाण्ट कार्यालयले जनाएको छ । तर चालु आर्थिक बर्षमा भने आयातमा शुन्य रहेको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस