• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

बाँके आक्रमणको घटनाका विषयमा संसदमा आरोप–प्रत्यारोप, कांग्रेसका सांसदद्वारा रोष्टम घेराउ

प्रतिनिधिसभा बैठक असोज १ गतेसम्मका लागी स्थगित

काठमाडौं । बाँके घटनालाई दिएर संसदमा सत्ता पक्ष र प्रतिपक्ष सांसदबीच आरोप प्रत्यारोप भएपछि कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका छन् । बैठकको सुरुमै बाँकेमा कांग्रेस नेता कार्यकतामाथि भएको आक्रमणको घटनालाई लिएर प्रशासनले किटानी जाहेरी लिएका कारण आफुहरुले सदनको अवरोध हटाएको काग्रेसका सांसदहरुले बताएमा थिए ।

बैठकमा कांग्रेसकी सांसद पुष्पा भूषालले हिजो बेलुकी प्रहरीले किटानी जाहेरी लिएको जानकारी गराइन् । उनले आफुहरुको जागरण अभियानलाई प्रभावित पार्ने गरि भएको घटनाको कांग्रेसले सधै विरोध गर्ने बताइन् । उनले बाँकेको घटनामा जाहेरी दिदै गर्दा गृहप्रशासन बेखवर भएको बसेका कारण नै आफुहरु बाध्य भएर संसद अवरुद्ध गर्न परेको जानकारी गराइन् । उनले अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् । 

बैठकमा  बाँके ३ का सांसद नन्दलाल रोकायले उक्त घटनामा कुनै आक्रमण नभएको भन्दै नेपाली कांग्रेसले राजनीति गर्न खोजेको बताए । उनले कांग्रेसले झुट बोलेको आरोप पनि लगाए ।  उनले वडाध्यक्षविरुद्ध कारबाही स्वीकार्य नहुने बताएका थिए । 
रोकायको उक्त भनाई आएपछि कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा आरोप प्रत्यारोप भएपछि काग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । बैठक प्रतिनिधिसभा बैठक असोज १ गतेसम्मका लागी स्थगित गरिएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर