• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

फलाम खानीको कानुनी प्रक्रिया अगाडि बढ्यो

काठमाडाै । सरकारले फलाम खानी कम्पनी स्थापनाका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ। नवलपुरको होप्से गाउँपालिकामा फलाम कम्पनी स्थापना गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रिपरिषद्को भदौ पहिलो साताको बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको हो । कम्पनी दर्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदनसमेत दिइसकेको छ ।

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले फलाम खानीबाट व्यावसायिक उत्पादन तथा कम्पनी दर्ताका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। मन्त्रालयले कम्पनी ऐन, २०६३ अनुसार दर्ता प्रक्रिया अगाडि बढाएको हो ।

दर्ताका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दर्ता गराइसकिएको बताउँदै उनले निवेदनमा कम्पनीको नाम ‘धौवादी फलाम खानी कम्पनी’ रहने प्रस्ताव गरिएको जानकारी दिए। 
उनले भने, “कम्पनी दर्ताका लागि लाग्ने गैरकर राजस्व दाखिला गरिसकेपछि यो हप्ताभित्र नै दर्ता प्रक्रिया पूरा गरेर कम्पनी स्थापना गर्न चाहन्छौँ ।”

कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रस्तावित सो नाममा कुनै दाबी विरोध नआएपछि कम्पनी दर्ता हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर