• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बर्थडे ब्वाइ : अभिनेता, फिल्म निर्माता तथा निर्देशक भुवन केसी 

काठमाडौं । नेपाली फिल्म क्षेत्रका सक्रिय अभिनेता तथा फिल्म निर्माता हुन् भुवन केसी । उनको आज जन्मदिन हो । उनले १०० भन्दा बढी फिल्मा काम गरिसकेका छन् । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी ‘जुनी’ मार्फत सिनेमामा ब्रेक लिएका हुन् ।  उनी नायक बन्नुभन्दा पहिले गायक बन्न चाहेका थिए । उनले यहि क्रममा रेडियो नेपालमा ‘जागे सारा रात’ बोलको गीत पनि रेकर्ड गराएका थिए ।

भुवनले नेपाली सिनेमा क्षेत्रमा झण्डै चार दशक बिताएका छन् । उनले सिनेमामा  पाएको सफलतासँगै एउटा उपनाम पनि पाएका छन् । यो नाम उनको सफल सिनेमा ‘नेपाली बाबु’ ले दिएको हो । उनलाई ‘नेपाली बाबु’ पछि धेरैले चिन्ने गरेका छन् । भुवनका कुसुमे रुमाल, साइनो, चिनो, नेपाली बाबु, सुपरस्टार, दक्षिण, सौता, करोडपति लगायतका सिनेमाहरु सफल रहे । अहिले उनी छोरा अनमोल केसीलाई नायकको रुपमा राखेर फिल्म ‘मिस्टर नेपाली’ को सुटिङमा व्यस्त रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर