• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 03:09 am

साेझा नेता केसीकाे गम्भीर अपराध

काठमाडाैं । जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ ।

तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् ।

तीनपटक सांसद् भएका उनले आफू संविधानसभाको सभासद् भएका बेला कानून छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीको छोरा बनाइदिएको दाबी शुक्रबारको छ ।

आफू सभासद् भएका बेला गाउँविकास समितिलाई प्रभावमा पारेर केसी झूटो सिफारिस बनाउन आफैं खटिएका थिए । यो थाहा पाएर जनमोर्चाका कार्यकर्ताले त्यसो नगर्न सुझाएका थिए । तर, उनले त्यसको प्रवाह नगरी ०६७ माघ ५ गते प्रशासनलाई पत्तै नदिई बाबु–आमा परिवर्तन गराएको रिपोर्टमा उल्लेख छ । यद्यपि, उनले परिवारमा भने सल्लाह गरेको जनाइएको छ ।

शुक्रबारले आफ्नो रिपोर्टमा अगाडि लेखेको छ– कानूनअनुसार एकै परिवारका सदस्य भए पनि धर्मपुत्र या धर्मपुत्री बनाउने कानून बाहिर रहेर एकै दाजुभाइका छोराछोरीको आमा–बाबु परिवर्तन सम्भव हुन्न । धर्मपुत्र–धर्मपुत्री बनाउन पाउने पनि छुट्टै कानूनी प्रक्रिया र सर्त छन् । तर केसी परिवारले धर्मपुत्रसम्बन्धी कानूनी प्रावधानबाट नाबालकहरूको आमा बाबु परिवर्तन गरेका हैनन, संरक्षक बनाएका पनि हैनन् । कानूनलाई सीधै ढााटेर आमा–बाबु नै परिवर्तन गरिदिएका हुन् ।’

केसीले यसो गर्नुको कारण पनि शुक्रबारले खुलाएको छ । जेठो छोरोको परिवार बिग्रिएको र कान्छा छोरा जापानमा रहेकाले   गैरकानूनी रुपमा दुई बालकको बाबुआमा परिवर्तन गरिएको हो ।  चित्रबहादुरले दुई नाति जापान पठाउने मोहकै कारण उनीहरुका आमा–बाबु नै परिवर्तन गरिदिएको शुक्रबारको ठम्याइ छ ।

शुक्रबारले यस्तो प्रकृतिको घटनामा हुने कानूनी कारबाहीबारे पनि लेखेको छ । शुक्रबारका अनुसार, केसीलाई ५ वर्षसम्म कैद हुनसक्छ । नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने र त्यसमा ५ वर्षको कैद रहेको रिपोर्टमा लेखिएको छ ।

तर, केसी आबद्ध दल जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले भने यो ठूलो इस्यु नभएको बताएकी छन् ।

जेठा छोराको घरपरिवार बिग्रिएपछि केसीले यस्तो कदम चालेको उल्लेख गर्दै पौडेलले शुक्रबारसँग भनेकी छन्– हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै मान्ने चलन छ । यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले दाबी गरे भने कुरा उठाउनु स्वभाविक हो । बाबुआमाले कुरा उठाएका छैनन् ।’

पौडेलले यसमा चित्रबहादुर आफैं लागेजस्तो नलागेको र कानूनी व्यवस्थाबारे थाहा नभए पनि ठूलो इस्यु भने नभएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजका अखबार : यसरी भयो २२ जनाको सामूहिक हत्या

  • २७ असोज, २०७६

काठमाडौं । आजका अधिकांश पत्रपत्रिकाहरुमा नेपाल र चीनको सम्बन्ध र सम्झौतालाई विशेष प्राथामिकताको साथमा छापेका छन् ।  अन्नपूण पोस्ट –  सम्बन्ध

अाजको राशिफल : असोज २७ सोमबार विशेष

  • २७ असोज, २०७६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयपनि छ अतः सचेतरहनु राम्रो

आजको राशिफल : आइतबार विशेष

  • २६ असोज, २०७६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । कार्य सम्पादन गर्नमा समस्या