• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमृता लम्सालको पहिलो पुस्तक ‘हजुरआमाका कथा’ सार्वजनिक 

काठमाडौं । पत्रकारिताका क्षेत्रमा क्रयाशील अमृता लम्सालको पहिलो पुस्तक ‘हजुरआमाका कथा’ सार्वजनिक भएको छ । 

अक्षर क्रिएशन्सले ‘हजुरआमाका कथा’ यस अगाडि प्रकाशित ‘हर स्टोरी’को नै थप शृङ्खला भएको उल्लेख गरेको छ । अक्षर क्रिएशन्सद्वारा प्रेशित प्रेस विज्ञप्तीमा अमृता लम्सालको यस कृतिमा २३ जना हजुरआमाहरूका जीवन अनुभूति समेटिएको बताएको छ । यसकासाथै तीनजना नातिनी पुस्ताको अनुभवलाई पनि पुस्तकमा प्रस्तुत गरेको छ ।  

हजुरआमाहरूको बालापन, शिक्षाप्रतिको चाहना, बाध्यता, सौता भित्र्याउने त्रास र भित्र्याए पछिको पीडालगायत हजुरआमाहरूका कर्मशीलता र जुझारुपनाको कथा पुस्तकमा प्रस्तुत गरिएकोे छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर