• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता गरेका हौं त ? ' –प्रचण्ड (भिडियोसहित)

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेबोलेर मात्र देश अघि  नबढ्ने बताएका छन् ।

कम्युनिस्ट नेतृ सहाना प्रधानको पाचौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा उनले भने, 'हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गर्थे, तर मूल त फुटेन । अहिले पनि जनताले हामीबाट कामको अपेक्षा गरेका छन् । बोलेर मात्र देश अघि जाँदैन ।'

उनले दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिस्ट पार्टीले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरे । 'गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता गरेका हौं त रु कमरेड सहाना प्रधानले कल्पना गरेजस्तो पार्टी बन्छ त यसरी ' उनले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर