• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 04:11 am

मूर्ति पूजाको विकास क्रम र मिथिलासंगको सम्बन्ध

जनकपुरधाम । दसैँको रौनकता अहिले देशैभरी छाएको छ । देशैभरी रहेका माता दूर्गाको शक्तिपीठहरुमा भव्यता पूर्वका पूजा अराधना भई रहेको छ । यता मिथिलाञ्चलका मन्दिरहरुमा पूजा अराधना त भई नै रहेका छन् त्यस माथि ठाउँ ठाउँमा माता दूर्गाको मूर्ति बनाएर समेत भव्यता पूर्वक पूजा भई रहेको छ ।

जनकपुरधाम लगायतका मिथिलाञ्चलका अधिकांश ग्रामीण क्षेत्रमा समेत मूर्ति पूजाको आकर्षण देख्न लायकको छ । हुनत हिन्दु धर्ममा मूर्ति पूजाको आफ्नो अलग्गै महत्व हुन्छ यद्यपि मिथिलाञ्चलमा मूर्ति पूजाको महत्व अत्याधिक रहेको पाइन्छ ।  मिथिलावासी देवीदवतालाई आफ्नो पारिवारिक सदस्य जस्तै सम्बन्ध स्थापित गरेको पाइन्छ । यही सम्बन्ध स्थापित गर्नका लागि मिथिलाञ्चलमा मूर्ति पूजाको परम्परा रहेको पाइन्छ । यसका साथै जगतमाता सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरुपको पनि माइती मिथिलालाई नै मान्ने गरिएको छ । त्यसैले दसैंमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैं नवदुर्गालाई माइतीमा भित्राउने परम्परा रहेको छ । पूजा अवधिसम्म माइती आएकी चेलीझैं मीठो परिकार अर्पण गरी पूजा अराधना गर्ने गरिन्छ । 

अनि मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर बिदाई गरिन्छ । संस्कृतिविदहरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गर्छन् । जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरी झैं माया गर्नुका साथै सेवा पनि गर्ने गर्थे । उनका उत्तराधिकारीहरू महन्थहरुले समेत सो परम्परालाई अझै जारी नै राखेका छन् । देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने अनि परिवारका प्रिय सदस्य जस्तै मधुर व्यवहार गर्ने परम्परालाई मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्रप्रसाद विमल वात्सल्य मार्गको संज्ञा दिन्छन् । 

डा.विमलका अनुसार रसिक सम्प्रदायको दार्शनिक सूत्र यो नै रहेको बताउँछन् । देवीदेवताको पूजा गर्दा टाढाको सम्बन्ध स्थापित हुन्छ । पारिवारिक सम्बन्ध स्थापित गर्दा नजिक हुन्छ । डा. विमलले सीता मिथिलाकी चेली भएकी तथा नवदुर्गासहितका अन्य देवीहरू पनि सीताकै स्वरूप भएकाले मिथिलाञ्चलमा अझै देवीहरूलाई चेलीबेटीको रूपमा माया गर्ने परम्परा रहेको बताउँछन् । 

त्रिभुवन विश्वविद्यालय केन्द्रिय मैथिली विभागका पूर्वप्रमुख सहप्राध्यापक परमेश्वर कापडिले देवी मात्र होइन, राम, कृष्ण, महादेव लगायतका देवतालाई समेत आफ्नो घरकै सदस्य जस्तो माया, प्रेम, स्नेह गर्ने चलन मिथिलामा रहेको बताए । ‘कृष्णलाई किसना भन्नु तथा रामलाई भिनाजु जस्तै गाली गर्ने परम्परा यसको जिवन्त उदाहरूण हुन्,’ कापडीले भने ।
वेदकालीन समाज प्रकृति पूजक समाज थिए । वेदकालमा सूर्य, चन्द्र, आकाश, पाताल, पृथ्वी, प्रकृति, चर अचर तथा वृक्षादिको पूजा गरिन्थ्यिो । मुर्ति पूजा हुँदैन्थ्यो । संस्कृतिविद विमलका अनुसार मोहनजोदाडो र हडप्पाको उत्खननपछि शिस्न (लिङ) र भग (योनी) को प्रतिमा फेला परेको थियो ।


जसलाई केही विश्लेषकले शिवपार्वती तथा केहीले उत्पादन (वंशवृद्धि) सँग जोडेर व्याख्या गरेका छन् । डा.विमल हडप्पा सभ्यतालाई आर्य र अनार्यबीचको संगम कालको संज्ञा दिन्छन् । मोहनजोदाडो, हडप्पा तथा गुफाकालमा फेला परेका चित्रहरू चित्रकलाका आदि तस्बिरहरू भए पनि अहिले मिथिला समाजमा प्रचलनमा रहेको मूर्ति पूजा १६ औं शताब्दीदेखि अलवार सम्प्रदायका पुष्टमार्गीहरूले सञ्चालन गरेको परम्पराको शृंखला रहेको डा.विमलको तर्क छ ।

अर्का संस्कृतिविद डा. रेवतीरमण लाल आर्य समाजमा मूर्ति पूजनको परम्परा महाभारतकालदेखि सुरु भएको दावी गर्छन् । नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको उनको दाबी छ । जर्मन समाजशास्त्री दुर्खिमको ल अफ थ्री स्टेज सिद्धान्तलाई कोट्याउँदै लालले भने, ‘प्रारम्भिक समाजमा भूतप्रेत र पिचासवाद हावी थियो । मध्यकालमा बहुदेवतावाद हावी भयो अनि आधुनिक समाजमा एकेश्वरवाद हावी छ ।’ मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको उनले तर्क गरे । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरकारीको मूल्य अकासियो

  • १ कार्तिक, २०७६

सुनसरी । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा

बसपार्कमा यात्रु ताने ५०० जरिवाना

  • १ कार्तिक, २०७६

वीरेन्द्रनगर । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क

हत्या आरोपी वार्ड अध्यक्षहरुको पद सुरक्षित !

  • ३० असोज, २०७६

विराटनगर । व्यक्ति हत्याको अभियोगमामा अदालतमा मुद्दा दर्ता भएको तीन महिना भइसक्दा पनि मोरङका दुई स्थानीय तहका तीन जना जनप्रतिनिधि निलम्बनमा परेका