• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अन्ततः महरा बालुवाटार निवासबाटै पक्राउ

काठमाडौं । बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई नियन्त्रणमा लिएको हो ।

उनलाई सभामुख निवास बालुवाटारभित्रै नियन्त्रणमा लिई सोधपुछ गरेपछि पक्राउ गरिएको हो । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई आइतबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो ।

महरालाई काठमाडौं परिसर टेकु लगेर अनुसन्धान गरिनेछ।  यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न दिउँसो निवेदन दिएको थियो।

 

जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर